मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

दुईहजार सदस्यताको स्विकृतीमा समितिले उठायो प्रश्न (भिडियो सहित)

दुईहजार सदस्यताको स्विकृतीमा समितिले उठायो प्रश्न (भिडियो सहित)


हिमालयखबर संबाददादा –
ड्यालस (टेक्सस) ।  अन्तिम अवस्थामा गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको चुनाव होला या नहोला भन्ने आशंक अब अन्त्य भएको छ । अब चुनाव तर्फ एनआरएन अमेरिका अघि बढेको छ । 
 
एनआरएन अमेरिकाका सदस्यहरुको सम्बन्धमा उठेको विवादलाई निराकरण गर्नका लागि विहीबार गठन भएको समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा दुईहजार ९३ जनाको सदस्यता स्विकृती कस्ले गर्यो भन्ने स्पष्ट नभएको जनाइएको छ । 
 
सदस्यता भेरिफिकेसन समितिमा रहेका बाल जोशीले दुईहजार दुइसय ७, पवन योञ्जनले एकहजार सातसय ६४ र रामकुमार सुवेदीले दुईहजार सातसय ७२ जनाको सदस्यता स्विकृत गरेका थिए । तीन जनाले जम्मा ६ हजार ७ सय ४३ जनाको मात्र सदस्यता स्विकृत गरेका थिए । तर दुईहजार ९३ जनाको कस्ले एप्रुभ गरे भन्ने विषयमा स्पष्ट नदेखिएको जनाइएको छ ।
 
कसैले पनि एप्रुभ नगरेको देखिएको सदस्यहरु मध्य केही आजीवन रहेको र केहीलाई अध्यक्ष डा. केशव पौडेलले स्विकृत गरेको अनुमान पत्रकार सम्मेलनमा गरिएको छ । यो प्रकृयामात्र नमिलेको र गलत नियतले भने नभएको भन्नेमा समितिका सबैको एकमत रहेको छ । 
 
समितिले आफुलाई तोकिएको जिम्मेवारी बमोजिम मात्र अध्ययन गरेर प्रतिवेदन निकालेको समितिका सदस्य विनय अर्यालले जानकारी दिए । अर्यालले निर्वाचन समितिबाट मागे अनुसारको सहयोग प्राप्त नभएको समेत सार्वजनिक गरे । 
 
एनआरएन अमेरिकाले सदस्यहरुको विवरण सार्वजनिक नगरेपछि क्षेत्रीय संयोजक गौरीराज जोशीले त्यस विषयमा अध्ययन गर्न गत साता समिति गठन गरेका थिए । तर यो समितिलाई कुनै पनि प्रकारको सहयोग एनआरएन अमेरिकाले गरेन । सोही कारण क्षेत्रीय संयोजक जोशीले निर्वाचन स्थगित गर्न आयोगलाई अनुरोध गरेका थिए । 
 
विवाद बढ्दै गएपछि सोही विषयलाई टुंगो लगाउन विहीबार पाँच सदस्यीय समिति गठन भएको थियो । समितिमा अर्याल लगायत विजयराज भट्टराई, पदम भण्डारी, दिनेश शर्मा र ओम भट्टराई सदस्य थिए ।
 
शुक्रबार साँझ समितिले युलेसमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवेदन सार्वजनिक गर्दै कस्ले सदस्यता एप्रुभ गरेको हो भन्ने एकीन नभएको, सदस्यता आवेदन गर्नेको सर्भर आइपी नभै क्लाइन्ट आइपी राख्नुपर्ने लगायतका सुझावहरु दिएको छ । 
 
सदस्यताको गोप्य सूचि बाहिरिएको सन्दर्भमा ११ पटक मेम्बर लिस्ट एक्सपोर्ट भएको देखिएको समेत प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन तयार पार्दाको अनुभव र सुझावका बारेमा समितिका सदस्यहरु विजयराज भट्टराई, पदम भण्डारी, ओम भट्टराई, दिनेश शर्माले प्रकाश पारेका थिए । 
 
सोही अवसरमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा एनआरएन अमेरिकाज क्षेत्रका संयोजक गौरीराज जोशीले सहमतिका लागि आफुले विगतदेखिनै पहल गर्दै आएको र त्यसै आधारमा अब अघि बढ्ने बताए । त्यस्तै सल्लाहकार हरिबोल भण्डारीले पनि समितिको प्रतिवेदनले गलत भएको छ कि भन्ने धेरैका आंशकालाई समाधान गरेको उल्लेख गरे ।
 
अब एनआरएन अमेरिकाको नयाँ नेतृत्वका लागि शनिबार र आइतबार मतदान हुनेछ । मतदान अनलाइन मार्फत हुनेछ । त्यसका लागि सदस्यहरुलाई इमेल प्राप्त हुनेछ । इमेलमा दिइएको निर्देशन अनुसार मतदान प्रकृयामा सहभागी हुनुपर्नेछ ।