मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दासढुंगामा मदन आश्रितको २६औँ स्मृतिसभा

दासढुंगामा मदन आश्रितको २६औँ स्मृतिसभा


चितवन । मदन भण्डारी र जीवराज आश्रित चढेको जीप दुर्घटना भएको स्थल दासढुंगामा आज स्मृतिसभा आयोजना गरिएकोे छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रित चढेको जीप २०५० साल जेठ ३ गते कविलासको दासढुङ्गाबाट त्रिशूलीमा खसेर उनीहरुको निधन भएको थियो । 
 
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन शाखाले पहिलोपटक स्मृतिसभा आयोजना गरेको हो । 
 
सो सभालाई सम्बोधन गर्दै पार्टीका नेता काशीनाथ अधिकारीले शोकलाई शक्तिमा बदलेर उनीहरुको सपना पूरा गर्न अघि बढ्नुपर्ने बताए । माक्र्सवादको सिर्जनात्मक प्रयोग मदन भण्डारीले गरेको भन्दै उनले महासचिव भण्डारी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल एकै प्रकारको नेता भएको बताए । 
 
विगत र भविष्य हेरेर पार्टीको रणनीति र कार्यनीति भण्डारीले तय गर्ने गरेको अधिकारीको भनाइ थियो । सोही अवसरमा प्रदेश नं ३ का भूमि व्यवस्थामन्त्री दावादोर्जे लामाले नेपाली जनतालाई समृद्धिको मार्ग र सुशासनतर्फ लैजाने काममा एक ढिक्का भएर पार्टीलाई अघि बढाउनु नै उनीहरुप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । 
 
नेकपा चितवन शाखाका अध्यक्ष यमबहादुर परियारको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद् घनश्याम दाहाल, कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेललगायतले भण्डारी र आश्रितले पार्टीलाई पु¥याएको योगदानको चर्चा गरेका थिए । 
 
विसं २०५० जेठ ३ गते पोखरामा भएको पार्टीको भेला सकेर भोलिपल्ट पूर्वी चितवनको चैनपुरमा हुने अखिल नेपाल महिला संघको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आउने क्रममा उनीहरु चढेको जीप दुर्घटनामा परेको थियो । 
 
आश्रितको शव घटनास्थल नजिकै भेटिएको थियो भने भण्डारीको शव पश्चिम चितवनको गाँजापुरमा फेला परेको थियो । सो दुर्घटना थियो कि हत्या भन्नेबारे अझैसम्म स्पष्ट हुन सकेको छैन ।