मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस प्रवक्ता शर्माको प्रश्न : मदन भण्डारीको हत्यारा कहाँ छन् ?

कांग्रेस प्रवक्ता शर्माको प्रश्न : मदन भण्डारीको हत्यारा कहाँ छन् ?


काठमाडौं । सत्तारुढ दलले शुक्रबार मदन-आश्रित स्मृति दिवस मनाइरहेका बेलामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमर लामा किन मारिए कमरेड प्रचण्ड ? भनेर प्रश्न सोधेका छन् । 
 
उनले ट्विटमा भनेका छन्,‘तत्कालीन एमालेको ठहर थियो ‘षडयन्त्र’ का मतियार हुन् अमर लामा । उनलाई सबै थाहा छ । तर ती सुत्र भनिएका लामालाई गोलीले उडायो माओवादीले ।’
 
उनले भनेका छन्,‘एमाले—माओवादी एक भएपछि जरुरी छैन र यो छलफल कि सत्य जोबाट थाहा लाग्थ्यो ती अमर लामा किन मारिए ?’
 
उनले अर्को ट्विटमा भनेका छन्,‘मदन भण्डारीकी जीवन संगिनी यतिबेला रास्ट्रपति हुनुहुन्छ र एक सहयोद्दा प्रधानमन्त्री । दासढुंगालाई मुद्दा बनाएर हिजो जे बोलियो, जे गरियो आज सत्तामा भएका बेला आवेगमुक्त भएर त्यसको निरुपण जरुरी छ !’
 
उनले यो सुझाव प्रधानमन्त्रीलाई धैर्यसँग दिन वाम बुद्धिजीवीहरुलाई आफ्नो विनम्र आग्रह रहेकोसमेत जनाएका छन् । शर्माले आफ्नो तेस्रो ट्विटमा सोधेका  छन्,‘त्यो रेशमी पर्दा कहाँ छ कमरेड ?
 
मदन भण्डारीका हत्यारा रेशमी पर्दा पछाडि लुकेका छन् । तिनलाई हामी सत्तामा पुगेपछि बाहिर ल्याउँछौँ । एमालेले बनाएको छानबिन आयोगका तत्कालीन संयोजक केपी शर्मा ओलीले प्रतिवेदन सार्वजनिक गर्दै यसै भन्नुभएको थियो ! त्यो प्रतिवेदन यतिबेला कहाँ छ पिएम नेपाल ?’
 
उनले कडा प्रश्नको जवाफ मागेका छन् । (एजेन्सी)