मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस हारेको मेरो कारणले होइन : सभापति देउवा

कांग्रेस हारेको मेरो कारणले होइन : सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई कम्युनिष्ट पार्टी मिल्दा नेपाली काँग्रेस पराजित भएको बताएका छन् ।पार्टीलाई चुनावमा हराउनेहरु आफूविरुद्ध उभिएको उनले दाबी गरे । 
 
सभापति देउवाले चुनावमा पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क पनि गरे । उनले आफूमाथि आरोप लगाउन छोडेर आउँदो चुनावमा पार्टीलाई जिताउने गरी काममा जुटन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए । 
 
शुक्रबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कारबाही गर्नसमेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो पोखे । 
 
कांग्रेस हारको आरोप आफूमाथि मात्रै लगाउन नहुने उनको भनाइ थियो ।