मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विप्लव निकट क्रान्तिकारीको शैक्षिक हडताल

विप्लव निकट क्रान्तिकारीको शैक्षिक हडताल


काठमाडौँ । विप्लव निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले संगठनका केन्द्रीय अध्यक्षसहित कयौं विद्यार्थी नेताहरुलाई सरकारले पक्राउ गरेको विरोधमा जेठ ५ गते देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको छ ।
 
संगठनका उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तिमा संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले वैशाख २७ गते काठमाडौँको अनामनगरबाट पत्रकार सम्मेलन चलिरहेकै अवस्थामा गिरफ्तार गरिएको जनाइएको छ । 
 
विज्ञप्तिमा गिरफ्तारमा परेका अध्यक्ष ढकाललाई रिहाइको माग पनि गरिएको छ । सोही घटनाको विरोधस्वरुप देशव्यापीरुपमा भोलि जेठ ४ गते देशव्यापी मसाल जुलुस निकाल्ने र जेठ ५ गते देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने संगठनले विज्ञप्तिमार्फत् जनाएको छ ।