मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको सदस्यता भेरिफाइ गर्न पुनः समिति गठन

एनआरएनको सदस्यता भेरिफाइ गर्न पुनः समिति गठन


हिमालयखबर संबाददादा 
अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन प्रकृया सुरु हुनु अघि सदस्यहरुको छानवीन गर्न पुनः समिति गठन भएको छ ।
 
एनआरएन अन्तराष्ट्रीय समितिका महासचिव बद्री केसीको  आयोजनामा क्षेत्रीय संयोजक गौरीराज जोशी, अध्यक्षमा तीनै जना उम्मेदवारहरू सहितको बैठकले सदस्यताको सम्बन्धमा पुनः भेरिफिकेसन गरेपछिमात्र चुनाव अघि बढाउने निर्णय भएको छ । 
 
‘पहिलेनै सुपरिवेक्षण समितिले तयार पारेर दिएको सदस्यहरूको प्रतिवेदनलाइ आधार मानेर अघि बढ्नेगरि ५ सदस्यीय पुनः भेरिफिकेसन समिति गठन गर्ने निर्णय भयो । यो समितिले तयार पारेको सदस्य नामावलीलाइ अन्तिम मानेर चुनाव हुन्छ,‘ क्षेत्रीय संयोजक जोशीले भने । टुंगो नलागेसम्म चुनाव हुँदैन । तर २४ घण्टाभित्र टुंगो लगाउन निर्देशन दिइएको छ । 
 
यो समितिमा अध्यक्षका उम्मेदवारहरूको तर्फबाट एकएक जना, एनआरएन अमेरिकाका अध्यक्षका तर्फबाट एकजना र क्षेत्रीय संयोजकका तर्फबाट एकएकजना सदस्य हुनेछन् । 
 
समितिमा रहने दुइजनाको नाम टुंगो लागिसकेको छ । टेक्ससका विजयराज भट्टराइ र बिनय अर्यालको नाम टुंगो लागिसकेको छ । भट्टराइको नाम अध्यक्ष पदका उम्मेदवार सञ्जय थापाको तर्फबाट राखिएको हो । 
 
समितिले नाम टुंगो नलगाएसम्म चुनाव हुनेछैन । समितिलाइ २४ घण्टाको समय दिइएको छ । एनआरएनको चुनाव शनिबार र आइतबार अनलाइन मार्फत हुनेछ ।