मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका विवाद, निर्वाचन समिति तोकिएको समयमै चुनावको पक्षमा

एनआरएनए अमेरिका विवाद, निर्वाचन समिति तोकिएको समयमै चुनावको पक्षमा


हिमालयखवर संवाददाता-
अमेरिका । गैर आवासीय नेपाली संघ (एनअारएन) एनसीसी अमेरिका निर्वाचन समितिले तोकिएको समयमै निर्वाचन गर्ने जनाएको छ । क्षेत्रीय संयोजक गौरी जोशीलाई पत्र पठाउँदै निर्वाचन सार्नु पर्ने कुनै कारण नरहेको निर्वाचन समितिको दावी छ ।

निर्वाचन तोकिएको समयमै गर्ने वा नगर्ने भन्ने विषयमा समिति भित्र एक मत भने नभएको स्रोतले बतायो । जोशीलाई पठाईएको पत्रमा निर्वाचन संयोजक विश्व बरालको मात्र हस्ताक्षर छ । पत्रमा अध्यक्षका दुई जना उम्मेदवार सुर्य लम्साल र सञ्जय थापाले अर्का उम्मेदवार सुनिल साह माथि लगाएका आरोपको पनि जवाफ दिईएको छ ।

निर्वाचन भयो भने के हुन्छ ?

आईसीसी स्रोतका अनुसार जोशीले उक्त निर्वाचन अमान्य घोषित गर्न सक्छन् । उनले एनआरएनए अमेरिकाको वर्तमान कार्यसमिति भङ्ग गरी नयाँ कामचलाउ कार्यसमितिपनि बनाउने सम्मको कदम चाल्न सक्छन् ।

एनआरएनए अमेरिकामा पटक पटक विवाद आईरहने गरेकाले यसलाई निमिट्यान्न पार्न पनि यस्तो कदम वाध्यात्मक भएको तर्क पनि उठेको छ ।

तर, जोशी केन्द्रवाट निर्देशन आएपछि मात्र यस्तो कदम चाल्ने पक्षमा छन् ।

एनआरएनए अमेरिका अमेरिकामा दर्ता भएको संस्था हो । एनआरएनए काठमाडौंसँग यसको आवद्धता छ । एनआरएनए नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो ।

अहिले सिर्जित समस्यालाइ सल्टाउन अनौपचारिक वार्ताहरु भने भईरहेका छन् । क्षेत्रिय संयोजक जोशी, एनआरएनए अमेरिका अध्यक्ष डा. केशव पौडेल, एनआरएनएका सल्लाहकार हरिबोल भण्डारीहरु बीच पनि अनौपचारिक वार्ता भईरहेको छ ।