मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

सौहार्दता र आत्मीयताको संगम नेजा सम्मेलन

सौहार्दता र आत्मीयताको संगम नेजा सम्मेलन


मातृभूमिबाट हज्जारौँ माइल टाढा परदेशमा नेपालको मेची महाकालीका दाजुभाइ आफन्तहरुलाइ समेट्ने यो र यस्तै भेलाहरु आफैमा मानबिय सौहार्दता आत्मियता एबम एकताको कोसे ढुङ्गा बन्ने गर्दछ । सम्भवतः नेजा स्थापनाको उदेश्य पनि प्रवासमा सम्बन्धित पेशाका व्यक्तित्वहरूसँग सौहार्दता र भाइचारा बढाउन भेटघाट गर्ने एउटा थलो, एउटा बहाना भन्दा अरु के नै थियो होला र ? यो सम्मेलन, यो भेटघाटले नेजा स्थापनाको उदेश्यलाइ जीवन्तता दिन सफल भएको छ ।
 
परदेशमा यो आत्मा हर्षले गदगद हुन्छ जब कहिले न भेटेको एउटा नेपालीले अर्को नेपालीलाइ बिबिध व्यस्तता असुविधाको जन्जिरलाइ चुँडाएर शुन्यतामा झारेर सहजता र खुसी हुँदै मध्यरातमा पनि बिमानस्थलमा स्वागत गर्न गर्ब महसुस गर्छन । खुशी र सौभाग्य भन्दै आफ्नो घरमा लिएर ४/५ घण्टा पाहुनाको पर्खाइमा खाना न खाइ  बसेको सन्देश प्राप्त हुन्छ नमनीय रह्यो आयोजक बिकास न्यौपाने भाइ प्रति । भनिन्छ पहिलो भेटको प्रभाव अमिट रहन्छन त्यस्तै रह्यो डलासमा प्रवेसको पहिलो कदम …
 
नेपालको मेची महाकाली अमेरिकाको पुर्ब पश्चिम, उत्तर दक्षिणलाइ एकै ठाउँमा जोडेको थियो नेपाल अमेरिका पत्रकार संघको मे ३ देखि ५ सम्म चलेको १३ औ साधारण सभाको कार्यक्रमले । त्यस माथि एनअारएनको निर्वाचनका उम्मेदवार र सहयोगीहरुको सहभागिता झनै भब्य र महत्वपूर्ण रह्यो । तन मन र धनले समर्पिर्त वर्तमान नेतृत्व समुह धन्यबादको भागीदार बनेका छन् । 
 
सम्मेलनको आयोजक जोशिला र सकारात्मक सोचका धनी भाइहरुले बिशेष कार्यक्रम  बनाएका थिए।  यस पटक डालस टेक्ससमा भएको नेजा सम्मेलनमा मनोरञ्जन गरि रहँदा मलाई २०१० मा ह्युस्टनमा आयोजित एनअारएन क्षेत्रीय सम्मेलनको सम्झना आयो । कारण आयोजकले दोस्रो दिन सहभागी हरु लाइ त्यहाको COW-BOY रेञ्चमा बिशेष कार्यक्रम राख्नु भएको थियो । एनअारएनका संस्थापक अध्यक्ष महतो लगायत १५ देशबाट सहभागिता जनाइएको त्यो कार्यक्रम पनि गीत संगीत नृत्य हास्यब्यंग आदिले भरिपूर्ण थियो ।
 
त्यसैलाइ सम्झाउने गरि हामी अन्य राज्यबाट आएका पाहुनाहरुलाइ ३ तारिख साँझ ओक्लोहामा स्थित मित्र अमृत कट्टेलको व्यापारिक निवासमा रात्रीभोज लगायतको बिशेष कार्यक्रम रहेको थियो । जसमा नेजा सस्थापक अधक्ष गिरिश पोखरेल दम्पति, अध्यक्ष सुदीप पन्त, सल्लाहकार तारा बराल, बिटु केसी, सुजन पण्डित, डोल्मा लामा, दिक्षा बस्नेत, राजेश मिश्र, रामचन्द्र भट्ट, सर्वज्ञ वाग्ले लगायत थियौ । 
 
बाटोमा पर्ने बिश्वकै ठुलो क्यासिनोमा प्रवेस र दृश्यावलोकन, भोलीपल्ट निजि ब्यबसायीले संचालन गरेको ANIMAL ZOO जहाँ १६२ वटा सिंह बाघ आदी लाइ अति नजिकबाट हेर्ने अवसर,  डमरुलाइ हातले खेलाउने अवसर समेत मिल्यो । अर्को प्राकृतिक मनोरम झरना (टर्नर्स फल्स) को भ्रमण पनि त्यत्तिकै रमाइलो थियो । बिशाल हृदय र सौहार्दताका धनी मित्र अमृत कट्टेल प्रति म लगायत आयोजक स्वयम् आभारी रह्यो । जुन अति अवीस्मरणीय रहने छ । 
 
अर्को खुसि लागेको कुरो–नेजा १३ औ बार्षिक सम्मेलन आयोजक भाइहरुले मैले धेरै पहिले देखि भन्दै र बिरोध गर्दै आएको "मञ्च माला खादा र आसन ग्रहणको भद्दा नाटक"मन्चन लाइ परित्याग गरेर अमेरिकी समाज अनुरुप उदाहरण बन्न सफल भएकोमा आयोजक प्रति धन्यवाद र आभार व्यक्त नगरी कसरि रहन सक्छु ? सबै पाहुना बराबर अमेरिकी समाजमा रुपान्तरित कार्यक्रम रह्यो । अन्य संघसस्थाले पनि यस्तो अनुकरणीय कार्यको सिको गर्नु बुद्धिमानी हुन्छ कि ?
 
हवाई यात्रा पनि नयाँ नियमले प्रभावित रह्यो । मनमनै गुम्साएको प्रश्न के "कुनै दिन बिमान कम्पनीहरुले नाङ्गै यात्रा गर्ने बनाउने हुन् कि जस्तो के । कुनै बेला दुइ सुटकेस, एक क्याबिन लगेज र हाते ब्याग निसुल्क थियो । नियम फेरियो एक सुटकेसमात्र निसुल्क दोस्रोको तिर्नु पर्ने भयो त्यस पछी क्याबिन लगेज बाहेक सुल्क तिर्नु पर्ने भयो अब आएर क्याबिन लगेज समेतको शुल्क तिर्नु पर्ने spirit सस्तो भाडाको जहाजको कुरो है । त्यो पनि फरक नियम अन लाइ चेक इन गरे ४७, डलर काउन्टरमा चेक इन गरे हातमा लिए ५५, लगेजमा पठाए ५० अनि झुक्किएर बोर्डिंग सम्म पुर्याए ६० डलर रे गज्जब छैन त नियम ?
भ्रमणको अनुभब ..
पहिलो दिनको साँझमा भएको बन्दशत्रका क्रममा छलफलमा केहि साथीहरुले प्रश्न उठाउनु भएको थियो । कार्य प्रक्रिया, निर्णय प्रक्रियाका बारेमा जुन जायज थियो । तर शालीन र कुटनैतिक शब्द शैलीमा भन्दा चर्को दृढता शैलीमा प्रस्तुत हुँदा चियाको कपमा हावा छिरे जस्तो महसुस भयो । उदाहरणको लागि, कुनै मानिस अर्कोको घरको ढोकामा गएर ‘ए बाबु बुबा घरमा हुनु हुन्छ‘ भनेर सोध्नु र ‘ए केटा, तिम्रो आमाको पोइ घरमा छन्‘ भनेर सोधे जस्तो अर्थात प्रश्नलाइ शालीन शैलीमा, सुझाब वा जिज्ञासा झैँ प्रस्तुत हुन हामीले सिक्नै पर्ने एउटा बिषय हो । कुरो को अर्थ त उही हो तर प्रश्न गर्ने र प्रस्तुत हुने शैली पनि मिडियाकर्मीहरु अनुकरणीय उदाहरण हुनु पर्छ भन्ने मेरो मान्यता छ ।
  
"आगो र पानीको फ्युजन" गराई नौनी निकाल्न सक्ने खुबी भएका अध्यक्ष सुदीप पन्तको शैली पनि रोचक रह्यो । जुन एउटा नेतृत्वमा हुनु पर्ने कौशलता हो । त्यसैगरि उपाध्यक्ष विकास न्यौपाने भाइको सरलता शालीनता र सहजता देखिने प्रस्तुतिले पनि कार्यक्रम सफल पार्न ठुलो भूमिका खेलेको सहभागी हरुले प्रतिक्रिया दिएका थिए ।
 
नेजा सम्मेलनले डालसमा नेपाली समुदाय आर्थिक रुपमा सम्बृद्ध बन्दै गएको सन्देश दिन पनि सफल भएको छ। मिडिया र संघसंस्था बलियो बन्नको लागि सम्बन्धित समुदाय आर्थिक रुपमा सवल र सक्षम हुनैपर्छ । ५ तारे होटलमा कार्यक्रम, बसोबास नास्ताको लागि सहज सम्बृद्ध डालस नेपाली समुदायकै कारण भएको थियो । भाइ बिकास न्यौपाने, चर्चित व्यक्तित्व शैलेश आचार्य लगायतको अथक प्रयास नै यो सम्मेलन सफलताको आधार रहेको महसुस भएको छ । साथै स्थानीय अन्य पत्रकार मित्रहरुको सक्रिय सहभागिताले महत्वपूर्ण भूमिका खेलेको देखियो ।
 
अन्तमा आफु सहभागी पेन्सलभेनिया देखि डालससम्मको बिभिन्न स्थानको कार्यक्रम भन्दा यो सम्मेलन बिशेष स्मरणीय रह्यो । 
 
संबेदनशील प्राणी वा आफ्नो प्रतिनिधिको रुपमा बनाएको हुन् । तसर्थ जहाँ आबश्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क, बिना आफ्नो पराइको परिचय बिना फाइदा बेफाइदाको हिसाब, बिना सुबिधा असुबिधाको बहाना दया भाव देखाई हाल्नुपर्छ । सहयोगको हात बढाई हाल्नु पर्छ । जहाँ आबश्यकता हुन्छ त्यहाँ आफैलाइ उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिकको उदाहरण हुनु हो ।