मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकामा असहज स्थिति, अब के ?

एनआरएनए अमेरिकामा असहज स्थिति, अब के ?


हिमालयखवर संवाददाता-
अमेरिका । अमेरिका गैर आवासीय नेपाली संघ (एनअारएन) एनसीसी अमेरिका भित्रको असहज स्थित सल्टाउन पहल भईरहेको छ । विद्यमान अवस्थालाई सल्टाउन अनौपचारिक रुपमा वार्ताहरु भईरहेका छन् ।
 
वर्तमान अवस्थामा निष्पक्ष निर्वाचन हुन सक्ने नदेखिएकाले यसलाई रोक्न र आईसीसीको केन्द्रिय प्रणाली अनुसार सदश्यता कायम गरि निर्वाचन गर्न क्षेत्रीय संयोजक गौरीराज जोशीले एनआरएनए अमेरिका निर्वाचन समितिलाई पत्र पठाए पछि नयाँ परिस्थिति पैदा भएको थियो ।
 
नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम मे १८ र १९ मा तोकिएको थियो ।
 
एनआरएनए अमेरिका निर्वाचन समितिभित्र पनि अब कसरी जाने भन्ने विषयमा छलफल भएको छ । निर्वाचन संयोजक विश्व बराल तोकिएको समयमै निर्वाचन गराउने पक्षमा छन् । तर,  बहुमत सदस्यहरू भने केही समय निर्वाचन सारेर अघि बढ्दा कसैलाइ हानी नहुने र फरक नपर्ने पक्षमा देखिएका छन् । के आधारमा निर्वाचन पर सार्ने भन्ने तर्क पनि उठेको छ ।
 
क्षेत्रीय संयोजक जोशीले भने अध्यक्ष पदका दुई जना उम्मेदवारले निर्वाचनको निष्पक्षतालाई लिएर लिखित पत्र पठाएपछि यसवारेमा सुझाव दिन गठन भएको सिमितिको सिफारिस अनुसार वाध्यात्मक अवस्थामा निर्वाचन रोक्न पत्र पठाएको बताएका छन् । समितिले दुई जना उम्मेदवारको माग दावी अनुसार अनुसन्धान गर्न एनआरएनए अमेरिका र निर्वाचन समितिले सहयोग नगरेको हुँदा काम गर्न नसकेको उक्त समितिले प्रतिवेदन दिएको थियो । समाजिक संजाल मार्फतपनि पनि अहिलेको विवाद सल्टाएर निर्वाचन निष्पक्षरुपमा गर्नुपर्ने दवाव वढेको छ ।
 
एनआरएनए अमेरिकाको आगामी नेतृत्वका लागि दुइ सय जना भन्दा वढीले उम्मेदवारी दिएका छन् । एनआरएनए पदाधिकारी, च्याप्टर पदाधिकारी र आईसीसी सदस्यका लागि निश्चित शुल्क र प्रकृया पुर्याएर उम्मेदवारी दिएका छन् । एनआरएनए अमेरिकामा करिव ९ हजार सदस्य छन् ।
 
सदस्यहरूको गोप्य रहनुपर्ने सूचि समेत बाहिरिएपछि अवस्था झनै गंभीर बनेको छ । यसले एनअारएन अमेरिकाका पदाधिकारीहरूको नियतमै सदस्यहरूले शंका गरिरहेका छन् । 
 
अब के हुन्छ ?
एनआरएनए अमेरिका अमेरिकामा दर्ता भएको संस्था हो । यसको आवद्धता एनआरएनए काठमाडौसँग छ । अमेरिकामा दर्ता भएको संस्था भएकाले यसले यहाँ स्वतन्त्र रुपमा कार्य गर्न सक्छ । तर, एनआरएन अाइसिसीसँग आवद्ध भएकाले उसका प्रावधानपनि स्विकार्नु पर्ने हुन्छ । यही जटिलताले अहिलेको अवस्थालाई सहज अवतरण गर्नु पर्ने बाध्यता छ ।
 
समयमै सहमतिको बाटो खोजिएन भने समस्या अझ जटिल हुनेछ । निर्वाचन समितिले तोकिएको समयमा निर्वाचन गराउन सक्छ । त्यस पछि निर्वाचित भएर आउनेलाई पदाधिकारीलाई  एनआरएनए आईसीसीले मान्यता नदिन सक्छ । मान्यता नदिएको खण्डमा एनअारएन अमेरिकाको हैसियत यहाँका स्थानीय नेपाली संघसंस्था सरह हुनेछ । नत यसले नेपालमा हुने एनअारएनको साधारण सभामा सहभागिता गराउन सक्छ, नत नेपाल सरकारसँग कुनै सम्बन्ध नै । त्यसो हुँदा अाइसिसीका नीति नियमलाइ पनि एनअारएन अमेरिकाले फलो गर्नुपर्ने अवस्था छ । 
 
क्षेत्रीय संयोजक जोशीले आईसीसी पदाधिकारसँग पनि सल्लाह गरेर पत्र पठाएका हुन् । जोशीले चुनाव रोक्न अायोगलाइ अाग्रह गरेर सही काम गरेको भन्दै डिअारसी नवीन शेरचन पूर्व रिजनल कोअर्डिनेटर सोनाम लामाले पनि सहमति जनाएका छन् । 
 
अर्को तर्फ एनआरएनए अमेरिकाले आफुलाई स्वतन्त्र संस्था पनि भन्न सक्छ । यस बेला के गर्ने ? यो जटिल अवस्था हो । 
 
क्षेत्रीय संयोजक जोशी द्वारा गठित समितिले पनि यो विषयमा सुझाव दिएको छ । प्रस्तुत छ सुझावको प्रतिलिपीः