मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मरहट्ठाको ‘हु इज हु इन दी युएस‘ विमोचित

मरहट्ठाको ‘हु इज हु इन दी युएस‘ विमोचित


लसएन्जलस (अमेरिका) – पत्रकार किरण मरहट्ठाको पुस्तक “नेपाली हु इज हु इन द युएसए” क्यालिफोर्नीया स्टेट युनिभर्सिटी लङ्गबीचमा बिमोचन भएको छ । 
 
अाइतबार विश्वविद्यालयको प्रोफेसनल तथा इनटरनेशनल एजुकेशनका उपाध्यक्ष तथा डिन जीत जोशीले होस्ट गरेको कार्यक्रममा सहायक उपकुलपति गेरी ह्यानले, नेपाली अवैतनिक राजदुत ऋषि ढकाल, एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेल र डिन जोशीले संयुक्तरुपमा पुस्तक विमोचन गरेका थिए । विश्वविद्यालयका डिन जोशीले नेपाली ‘हु इज हु‘ अमेरिकन नेपाली समुदायको चित्र भएको टिप्पणी गरे । 
 
उनले बिधार्थी र अनुसन्धातालाइ उपयोगी हुने पुस्तक भएकोले आफ्नो विश्वविद्यालयले इन्डोर्स गरेको जानकारी पनि दिए । ‘हामी बढी भन्दा बढी विश्वविद्यालयहरुमा यो पुस्तक पु–याउने छौँ ताकी नेपाली डायस्पोराको बारेमा धेरैले जान्न सकुन’ जोशीले भने । 
 
एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले पुस्तक पहिलो पुस्ताका नेपालीले अमेरिकी भूमिमा गरेको संघर्ष र सफलताको  दस्तावेज भएको बताए । ‘नेपाली हु इज हु आजको पुस्ताको सजिव कहानी हो र नयाँपुस्ताको लागी प्रेरणा हो’ उनले भने । 
 
अवैतनिक महाबाणिज्यदुत ढकालले पुस्तक तयार पार्नक्रममा मरहट्ठाले गरेको मेहनत र लगावको प्रसंशा गर्दै नेपाली हु इज हुलाइ अमेरिकी विश्वविद्यालयले इन्डोर्स गर्नु सह्रानीय भएको बताए । ‘यो पुस्तक आफैमा एक सन्दर्भ सामग्री हो’े ढकालले टिप्पणी गरे । 
 
पुस्तकमा अमेरिकाका ४४ वटा राज्यका नेपालीको प्रतिनिधिमुलक कथाहरु समेटिएका छन् । लेखकले ५० वटै राज्य समेट्ने आफ्नो चाहना विभिन्न कारणले पुरा हुन नसकेको जानकारी दिए । 
 
‘नेपालीको प्रगतिको कथालाइ अमेरिकी मुलधारमा चिनाउन हु इज हु लेखेको हुँ, धेरै पात्रहरु छुटेका छन् आगामी संस्करणमा उनिहरुलाइ समेट्ने कोसिश गर्नेछु’ उनले भने । 
 
पुस्तकको प्रवर्धनात्मक भिडियो समेत देखाइएको कार्यक्रममा हु इज हु पब्लिकेशनका निर्देशक तिलक केसीले पुस्तकमा प्राज्ञ, व्यवासायी, लेखक तथा कलाकर्मी, समाजसेवी र योगं अचिभर्स गरि पाँच सेक्सन रहेको र अनलाइन संस्करण पनि छिट्टै सार्वजनिक हुने जानकारी दिए । 
 
कार्यक्रममा महिला उद्यामी यमुना भट्टराइ, अनुसुया वन्त, र राजनीतिकर्मी राचेल लेन मुरेले सफलताको शुभकामना दिएका थिए। सांग्रीला बुक अमेरिकाले वितरण गरेको यो पुस्तक हुइजहुनेपाली डटकम ( www.whoiswhonepali.com ) मा अनलाइन किन्न सकिन्छ । 
 
नेपाली लेखकलाइ अमेरिकी विश्वविद्यालयले होस्ट गरेको यो पहिलो पटक हो । एबिसि टेलिभिजनका पत्रकार मरहट्ठाले यसअघि द होप र मिडिया इन मास पुस्तक लेखेका थिए । उनी मेस द म्यान एट बार्सा डकुमेन्ट्रिका निर्दशक पनि हुन् ।