मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको गोप्य सदस्य विवरण छरपष्ट (रेडियो अन्तरबार्ता सहित)

एनआरएनको गोप्य सदस्य विवरण छरपष्ट (रेडियो अन्तरबार्ता सहित)


टेक्सस(अमेरिका) – अन्ततः जे डर होला भनेर अमेरिकामा रहेका धेरै नेपालीहरूले सदस्यताका लागि चासो दिएनन् त्यो भइ छाडेको छ । 
 
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्यहरूको व्यक्तिगत विवरणहरू अहिले छरपष्ट भएका छन् । वर्तमान अध्यक्ष डा. केशव पौडेल, विघटित भेरिफिकेसन समितिका पदाधिकारी, सुपरभिजन समितिका सदस्यहरू, निर्वाचन समितिसँग मात्र पहुँच रहने ९ हजार सदस्यहरूको १० महले विवरण सहितको सूचि अहिले बाहिरिएको छ । 
 
असाध्यै संवेदनशील र गोप्य रहनुपर्ने यो सूचि कसरी बाहिरियो भन्नेमा अहिले एकले अर्कालाइ दोषी करार गर्न सबैजना तल्लिन छन् । 
 
हिमालयखबरलाइ एकजना शुभचिन्तक पाठकले स्रोत नखोलिदिन आग्रह गर्दै सदस्यहरूको सूचि पठाएका छन् । उनले अाफूलाइ पनि कसैले त्यो सूचि दिएको उल्लेख गर्दै त्यो सूचि धेरैको हातमा पुगेको समेत जानकारी दिए ।
 
यो सूचि उम्मेदवारहरूको हातहातमा पुगेको छ । यही सूचिमा भएको इमेल आइडी, मोबाइल नम्बरको दुरूपयोग गर्दै उम्मेदवारहरूले भोट मागिरहेका छन् । 
 
विघटित सुपरभिजन समितिका सदस्य प्रमोद सिटौलाले जो जो व्यक्तिसँग त्यो डाटाको एक्सेस थियो त्यहीँबाट दुरूपयोग भएको हुनसक्ने अनुमान गरे । उनले यतिखेर त्यो डाटामा अध्यक्ष डा. पौडेल र निर्वाचन समितिको मात्र पहुँच रहेको र विगतमा भेरिफिकेसन, सुपरभिजन समितिका सबैको पहुँच रहेको जानकारी दिए ।
 
‘चाहने हो भने कस्ले दुरूपयोग गरेको छ भनेर छिनभरमै पत्ता लाग्छ, कसले कहाँबाट डाउनलोड गरेको रहेछ भनेर सिस्टममै देिखन्छ,‘ सिटैालाले हिमालयखबरसँग भने ।
 
सदस्यहरूको सूचि बाहिरिनु अपराध हो । जिपकोड सहितको ठेगाना, इमेल आइडी, फोन नम्बर समेत रहेको सदस्यहरूको गोप्य रहनुपर्ने विवरण बाहिरिएपछि अहिले एनअारएन अमेरिकामा अविश्वास पैदा भएको छ । 
 
यही सूचिको प्रयोग गर्दै उम्मेदवारहरूले भोट मागेको गुनासो बढ्दो छ । लुजियाना स्टेट युनिभर्सिटीमा पिएचडी अध्ययनरत सुनिल पौडेलले आफ्नो सेलफोनमा अध्यक्ष पदका उम्मेदवार सञ्जय थापाको प्रचार प्रसार टेक्स मेसेज आएको जानकारी दिए । उनले थापा आफ्नो चिनजानको व्यक्ति पनि नभएको र कहिल्यै कल पनि नगरेकोले अाफ्नो विवरण कतैबाट दुरूपयोग भएको हुनसक्ने शंका गरे ।
‘यो राम्रो काम हुँदै होइन,‘ पौडेलले भने । 
 
 :::::  रेडियो अन्तरबार्ता :::::
 
अर्का सदस्य बद्री लामिछानेले पनि उम्मेदवारहरूको इमेल आइरहेको जानकारी दिए । ‘मसँग चिनजान नभएकाहरूको इमेलबाट प्रचार सामग्री, मतका लागि अनुरोध आइरहेको छ, सदस्य हुँदा मैले प्रयोग गरेको इमेल दुरूपयोग भएको छ,‘ उनले भने । उनले उपाध्यक्ष पदका उम्मेदवार बाला घिमिरेको इमेलबाट प्रचार सामग्री आइरहेको बताए । 
 
सदस्य हुने बेलामा एनआरएनका पदाधिकारीहरूले सदस्यहरूको विवरण सुरक्षित हुने प्रतिद्धता जनाएका थिए । तर अहिले त्यो विवरण छरपष्ट हुनुले एनआरएनको वर्तमान नेतृत्व कार्यकालको अन्तिम अवस्थामा थप विवादित देखिएको छ । 
 
एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले कुनै जिम्मेवारी समेत नदर्शाइ मिडियाको हातमा सूचि भए सार्वजनिक गरिदिन चुनौति दिए । ‘जहाँबाट त्यो डाटा आएको हो त्यो सार्वजनिक गरिदिनुस्, हामी कारवाही गर्छौ,‘ उनले भने । थपमा उनले संस्थाभित्र हुने सबै गलत कार्यको जिम्मेवारी आफूले वहन गरेता पनि त्यसलाई अब सच्याउन नसक्ने भन्दै पन्छिए । 
 
यही विषयमा हिमालयखबरले बिघटित भेरिफिकेसन समितिका एक जिम्मेवार पदाधिकारी रामकुमार सुवेदीसँग जिज्ञासा राख्यैाँ । उनले आफूलाइ यस बारेमा कुनै जानकारी नभएको जिकीर गरे । उनले भेरिफिकेसन समिति विघटन भएपछि कुनै पनि डाटामा एक्सेस नभएको उनको भनाइ थियो । 
 
९ हजार सदस्यहरूको विवरणलाइ सुरक्षित राख्न नसक्ने र उम्मेदवारहरूलाइ दिएर दुरूपयोग गर्नेमाथि कारवाहीको माग सदस्यहरूले गरेका छन् । 
 
टेक्ससको प्लानोमा बस्दै आएका बादल भुजेलले आफ्नो सबै विवरण बाहिरिएको विषयमा आपत्ति जनाए । ‘हामीले एनआरएनका पदाधिकारीलाइ विश्वास गरेर सबै व्यक्तिगत विवरण भरेका हौ, यसरी विवरण छरपष्ट हुनु अपराध हो । यसमा संलग्न जो सुकै भएपनि कारवाही हुनुपर्छ,‘ भुजेलले भने ।
 
डाटा लिकेज भएको चर्चा पछि यसलाइ एनआरएन क्षेत्रीय समितिले पनि गंभीरतापूर्वक लिएको छ । अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीले डाटा लिकेज हुनु खेदपूर्ण भएको उल्लेख गर्दै आफूसम्म पनि डाटा आइपुगेको जानकारी दिए । 
 
यो डाटामा अध्यक्ष डा. केशव पौडेल, रामकुमार सुवेदी, बाल जोशी, पवन योञ्जन, डा. रुद्र अर्याल, शैलेश श्रेष्ठ र प्रमोद सिटौलाको मात्र पहुँच विगतमा थियो । अहिले निर्वाचन समितिको एक्सेस छ । 
 
यो डाटा कहाँबाट लिकेज भयो भन्ने विषयमा कसैले पनि जिम्मेवारी लिन चाहेननन् । डाटा लिकेज भएको स्विकार गरेपनि यात एकले अर्कालाई पन्छाउने प्रवृत्ति देखियो यात थाहा नभएको बताउनेहरू देखिए । यति ठूलो गंभीर घटना हुँदा पनि एनआरएन अमेरिका, क्षेत्रीय समिति र आइसिसीले अनुसन्धान गरेर दोषी पत्ता नलगाएमा त्यसले आगामी दिनमा झनै समस्या थप्नेमात्र नभएर सदस्य हुनेहरूको संख्या पनि क्रमशः घट्ने देखिएको छ ।
 
बाहिरिएका सदस्य विवरण: