मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेसलाई छाडा हुन दिइन्न : मन्त्री बाँस्कोटा

प्रेसलाई छाडा हुन दिइन्न : मन्त्री बाँस्कोटा


सरकारले सञ्चार क्षेत्रलाई अंकुश लगाउने विधेयक ल्याउन लागेको भन्दै संचारकर्मीहरु विरोधमा उत्रिरहेका बेला संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा भने प्रेसप्रति झन कडारुपमा प्रस्तुत भएका छन् ।
 
चितवनको सौराहामा नेपाल टेलिकमको एफटिटिएच (फाइवर टु होम) सेवाको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दे मन्त्री बाँस्कोटाले प्रेसलाई छाडा हुन नदिने बताएका हुन् ।
 
उनले अहिले प्रेस अत्यन्त अनुदार र छाडा भएको भन्दै अहिले आउन लागेको विधेयक संविधान विपरीत नभएको जिकिर गरे । उनले पत्रकारहरुको आन्दोलनलाई कतैबाट प्रायोजित भएको आरोपसमेत लगाए ।
 
प्रेस स्वतन्त्र हुनुपर्छ भन्दै मन्त्री बाँस्कोटाले भने, ‘अहिले प्रेस आतंक मच्चाउने खालको छ । जहाँ प्रेस स्वतन्त्र हुदैन त्यहाँ लोकतन्त्र पनि जीवित रहन्न तर कलम छ भन्दैमा जे मन लाग्यो त्यही लेख्ने र पुष्टि नगरी जवाफदेही नहुने प्रवृतिको अन्त्य हुनुपर्छ ।‘
 
अर्को प्रसङमा नेपाल सरकारले डिजिटल नेपालको घोषणा गरेर काम अगाडि बढासकेकोले यो अभियान सफल हुँदै गर्दा आर्थिक सम्वृद्धितर्फ मुलुक अगाडि बढ्ने मन्त्री बास्कोटाको भनाइ थियो । 
 
सरकारले पहिलो चरणमा नीतिगत, कानुनी र संरचनागत अल्झनहरुको काम सिध्याइसकेकोले अब दोस्रो चरणमा विकासको रफतार तीव्र हुने मन्त्री वास्कोटाको दाबी थियो । नेपाल टेलिकमले चितवनको सौराहा क्षेत्रमा फाइवरवाट इन्टरनेट सेवा शुरु गरेर कपरलाई विस्थापित गर्ने जनाएको छ । 
 
पहिलो चरणमा सौराहाका एकहजार बढी ग्राहकलाई सो सेवा उपलव्ध गराउन सक्ने नेपाल टेलिकमले जनाएको छ ।