मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जनसम्पर्क बोल्यो–‘कोही पनि हाम्रा अाधिकारिक उम्मेवार छैनन्‘

जनसम्पर्क बोल्यो–‘कोही पनि हाम्रा अाधिकारिक उम्मेवार छैनन्‘


न्यूयोर्क (अमेरिका) – नेपाली जनसम्पर्क समितिले अमेरिकाले एनअारएनको निर्वाचनमा अाफ्नो कोही पनि अाधिकारिक उम्मेदवार नभएको जनाएको छ । 
 
जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङले सोमबार विज्ञप्ती जारी गर्दै कोही पनि उम्मेदवारको पक्षमा जनसम्पर्क समिति नलाग्ने उल्लेख गरेका छन् । 
 
विज्ञप्तीमा भनिएको छ–‘गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको  निर्वाचनमा, नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट कुनै पनि उमेदवारको विषयमा संस्थागत एवं अधिकारिक निर्णय नगरेको कुरा सम्पूर्ण जिज्ञासा राख्नुहुने साथीहरू, पत्रकार मित्रहरू, शुभेच्छुक साथिहरू, एनआरएनएको  साधारण एवं कृयाशील सदस्यहरू  र आम अमेरिकावासी नेपाली दिदीबहिनी तथा दाज्यूभाईहरूलाई  यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।
 
साथै यस निर्वाचनमा सहभागि रहनुहुने  सबै उमेद्वारहरूलाई संस्थाको तर्फबाट हार्दिक शुभकामना समेत व्यक्त गर्दछौं । 
 
एनआरएनए एउटा गैर राजनीतिक र सबै नेपालीको साझा संस्था भएकाले यसका प्रति  उच्च गरिमा बोकेको हाम्रो संगठन सदैव सचेत र संवेदनशील रहेको कुरा यहाँहरू माझ  प्रष्ट पार्दछौ । साथै आउँदो गैर  आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको यो निर्वाचन निष्पक्ष, पारदर्शी र धाँधली रहित हुने कुरामा हामी विश्वस्त छौं र यस निर्वाचनको पूर्ण सफलताको समेत कामना गर्दछौ।‘
 
जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसीले पनि फेसबुकमा स्टाटस लेख्दै कोही पनि अाधिकारिक उम्मेदवार नभएको जनाएका छन् । 
 
अध्यक्षका उम्मेदवारद्वय सुनिल साह र सूर्य लम्साल जनसम्पर्क निकट मानिन्छन् । दुबैलाइ जनसम्पर्कले समर्थन नरहेको स्पष्ट पारेको छ ।