मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको चुनावी आशंका हट्यो

एनआरएनको चुनावी आशंका हट्यो


न्यूयोर्क (अमेरिका) – लामो आशंकाबीच अन्ततः गैर आवासीय नेपाली संघ (एनअारएन) अमेरिकाको चुनावमा जान बाटो खुल्ला भएको छ । 
 
एनआरएन अमेरिका विरूद्ध परेको मुद्धालाइ टेनिसी कोर्टले सोमबार बिहान खारेज गरेका कारण अब चुनाव हुने निश्चित भएको हो । चुनाव स्थगित हुनुपर्ने र प्रमुख निर्वाचन आयुक्त भएका विश्व बराललाइ हटाउनुपर्ने माग सहित दुइ साता अघि मुद्धा परेको थियो ।
 
अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित रविना थापाको समुहले टेनिसी कोर्टमा मुद्दा दायर गरेका थिए । 
 
अदालतले मुद्धा खारेज गरेपछि निर्वाचन समितिले सार्वजनिक गरेको पूर्व तालिका बमोजिमनै २०१९/२१ का लागि निर्वाचन कार्यक्रम अघि बढ्ने भएको छ । मतदान आउँदो मे १८ र १९ गते हुनेछ ।
 
मुद्दा दायर गर्ने मेरिल्याण्डका निवासी नारायण थापाले आफ्नो फेसबुकवालमा स्टाटसमा चुनाव हुने अवस्था आएको जानकारी गराएका छन् ।  
 
अदालतमा मुद्धा परेको भएपनि उम्मेदवारहरू र निर्वाचन समितिले आफ्नो काम भने जारी राखेका थिए । त्यसले गदार् अब चुनाव हुन कुनै कठिनाइ छैन । एनआरएन अमेरिकाको चुनावी दौरानमा अध्यक्षका उम्मेदवारहरू सञ्जय थापा, सुनिल साह र सूर्य लम्साल बिभिन्न राज्य भ्रमणमा छन् ।