मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

युथ लिडरशीप अवार्डको आवेदन गर्न तीन दिनमात्र बाँकी

युथ लिडरशीप अवार्डको आवेदन गर्न तीन दिनमात्र बाँकी


ड्यालस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनअारएन) अमेरिकाले प्रदान गर्ने युथ लिडरशीप अवार्डको लागि आवेदन दिने अन्तिम मिति आउन अब तीन दिनमात्र बाँकी छ ।
 
अमेरिकामा अध्ययनरत युवा विद्यार्थीलाइ प्रोत्साहन गर्ने उद्वेश्यले स्थापना भएको यो अवार्डका लागि आउँदो मे १५ सम्म अावेदन दिइसक्नुपर्नेछ । बिभिन्न चार विधामा जनही एकहजार अमेरिकी डलर प्रदान गरिने यो अवार्डमा सहभागी हुनका लागि अमेरिकी नागरिक, ग्रीनकार्ड होल्डर, टिपिएस वा एफवान स्टाटसमध्य कुनै पनि एक भए हुने जनाइएको छ । कलेजको पूर्णकालिन विद्यार्थीका रूपमा चार वर्षिय कलेज वा विश्वविद्यालयमा अध्ययनरत रहि कम्तिमा ३.२५ जिपिए हाँसिल गरेको विद्यार्थीले आवेदन दिन सक्नेछन् । ३० कलेज क्रेडिट समाप्त गरिसकेको हुनुपर्ने समेत जारी सूचनामा जनाइएको छ । 
 
अवार्ड छनाैटका लागि एनआरएन अमेरिकाका युथ कोअर्डिनेटर स्वराज खातीको संयोजकत्वमा समिति गठन भएको छ । यो समितिमा डा. निरज बस्नेत, कुशल पोखरेल, डा. सुमन सत्याल र डा. सिरोज पोखरेल छनाैट समितिमा रहेका छन् । 
 
‘यो अवार्डबाट अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको हाैसला बढ्ने र उनीहरूको शैक्षिक यात्रामा सहयोग पुग्ने अपेक्षा लिएका छाै,‘ एनआरएनएका युथ कोअर्डिनेटर खातीले भने । यो वर्ष सामुदायिक कलेजका विद्यार्थीहरूले समेत आवेदन दिन पाउने प्रावधानले बढीभन्दा बढी सहभागिता हुने अपेक्षा गरिएको छ। 
 
छात्रवृत्ति छनाैट समितिमा निलिमा बादे श्रेष्ठ, सुलभ पाैडेल, प्रकाश बस्नेत र सुमन कार्की सदस्य रहेका छन् । संयोजक खातीले अवार्डको डेडलाइनभन्दा अगावै आवेदन दिनका लागि विद्यार्थीसँग आग्रह गरेका छन् ।