प्रवास

डेनभरमा बुद्ध जयन्तिमा विशेष कार्यक्रम गरिदै

138 पटक पढिएको

- नातिबाबु भट्ट | 12th May 2019, Sunday | २०७६ बैशाख २९, आईतवार २०:५२
कोलोराडो, (अमेरिका)- २६ सय ४३ औं बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडो स्थित डेनभर डाउनटाउनमा शान्ति पदयात्रा कार्यक्रम हुने भएको छ ।
 
कोलोराडोमा सकृय सबै संघसंस्थाको आयोजनामा, बुद्धको जन्मभुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन र गौतम बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शान्ति पदयात्राका कार्यक्रमको आयोजना गर्न लागिएको हो । 
 
आउँदो मे १८ तारिक शनिबार बिहान साढे १० बजे डेनभर डाउनटाउन स्थित सिभिक सेन्टर पार्कबाट शुरुहुने शान्ति पदयात्रा डाउन टाउनको १६ स्ट्रिट महल परिक्रमा गरि पुःन सिभिक सेन्टर पार्कमा आई कार्यक्रम सम्पन्न गरिने सञ्जय शाक्यले बताएका छन् ।
 
आयोजक संघ संस्थाका पदाधिकारीहरुले संचारका बिभिन्न माध्यमहरुबाट कोलोराडोमा बसोबास गर्ने सम्पूर्ण नेपाली, नेपाली भाषी भुटानी, बिभिन्न राष्ट्रबाट कोलोराडोमा आई बसोबास गरिरहेका बौद्धधर्मालम्बी, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानिय सबैलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाउन अनुरोध गरेका छन् । 
 
उनीहरुले सहभागीहरुलाई नेपालको झण्डा, बुद्धको तस्विर, ब्यानर, प्रतिमा, ध्वजा पतंगा, बुद्धका वचनहरु सहितका प्लेकार्ड सहित उपस्थित हुन आग्रह गरेका छन् ।