मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जुन पहिलो साता ड्यालसमा महापुराण हुँदै

जुन पहिलो साता ड्यालसमा महापुराण हुँदै


अर्भिङ (टेक्सस) – अाउँदो जुन पहिलो साता टेक्ससको ड्यालसस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा श्रीमद् भागवत महापुराण लगाइने भएको छ ।
 
नवस्थापित पृथ्बीनारायण शाह स्मृति तथा सांस्कृतिक केन्द्रको अायोजनामा महापुराण लगाउन तयारी भएको प्रतिष्ठानका अध्यक्ष देबीप्रसाद पाण्डे (दीपक) ले जानकारी दिएका छन् । जुन ३ तारिक सुरू भएर ९ तारिकमा समापन हुने महापुराणमा सहभागी भएर कथा श्रवण गरिदिनुहुन अायोजकले अनुरोध गरेका छन् । 
 
जुन २ तारिक बिहान ११ बजे कलशयात्रा सुरू हुने समेत जनाइएको छ । महापुराणमा प्रमुख कथा वाचकका रूपमा अाध्यात्मिक तथा हिन्दु धर्मसंस्कृतिका ज्ञाता डा. माधवप्रसाद भट्टराइ र डा. शेखर पण्डित रहनुहुनेछ ।
युलेसमा बन्न लागेको मन्दिरका लागि सहयोग जुटाउने समेत पवित्र उद्वेश्य राखेर महापुराण अायोजना गर्न लागिएको पाण्डेले जानकारी दिए । 
 
महापुराणकै अवसरमा जुन ७ तारिक शुक्रबार सामुहिक उपनयन (ब्रतबन्ध) कार्यक्रम राखिएको छ । ब्रतबन्ध कार्यक्रममा सहभागी हुन चाहनेले धनञ्जय ढकाल वा देवीप्रसाद पाण्डेसँग सम्पर्क गर्न समेत अाग्रह गरिएको छ । 
सो दिन बिहान सवा ९ बजेदेखि ११ः३५ सम्म ब्रतबन्धको शूभसाइत रहेको छ ।