मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यानडाको उत्कृष्ठ २५ को यात्रामा डा. धरेल

क्यानडाको उत्कृष्ठ २५ को यात्रामा डा. धरेल


क्यानडा । क्यानडाको अाप्रवासीहरूको सूचिमा उत्कृष्ठताको सिँढीमा नेपालीमुलका डा. तुल्सी धरेल अघि बढ्दै गएका छन् । 
 
क्यानाडाको 'क्यानेडियन इमिग्रेण्ट' पत्रिकाले एउटा निर्णायक टोली निर्माण गरेर हरेक बर्ष देशकै उत्कृष्ठ ७५ आप्रवासीहरुको सूची प्रकाशित गरेकोमा नेपालीमुलका डा. धरेल पर्न सफल भएका छन् । सबैको साथ र सहयोग प्राप्त भएमा उनी भोटिङ्गको माध्यमबाट उत्कृष्ठ २५ मा पुग्न सफल हुनेछन् । 
 
अहिले अनलाइन भोटिङ्ग खुल्ला भैसकेको छ । संसारका लगभग सबै मुलुकका आप्रवासीहरुको बसोबास रहेको देश मानिन्छ क्यानडा। उत्तरी अमेरिकामा पर्ने यो देश क्षेत्रफलका हिसावले नेपाल भन्दा ६७ गुणा ठूलो छ जहाँ संसारका झन्डै ८० लाख आप्रबासीहरु क्यानाडामा बसोवास गरिरहेका छन्। क्यानाडाको जनसंख्या नै ३ करोड ७२ लाख ८० हजार मात्र छ । यो संख्यामा ८० लाख आप्रवासी छन् । 
 
खुल्ला भोटिङ्ग बाट उत्कृष्ठ २५ अाप्रवासीको छनौट गरिन्छ।  यसरी ८० लाख आप्रवासी क्यानेडियनहरुमा नेपाली बौद्धिक व्यक्तित्व डा. तुल्सी धरेल मनोनयनमा परेका छन् । नेपाली समुदायमात्र नभएर क्यानडियन समाजलाई समेत पुर्‍याएको योगदानको आधारमा हरेक वर्ष २५ जना उत्कृष्ट आप्रवासीहरु छनौट गरिन्छ। यही मे महिनाको १६ सम्ममा मतदानको आधारमा अन्तिम २५ प्रतिस्पर्धीको छनौट गरिने छ । सबैभन्दा धेरै मत पाउने २५ जनाले उत्कृष्ट आप्रवासीको उपाधि पाउने छन्। 
 
संसारका धेरै ठूला कम्पनीहरुको मालिक तथा सीइओ मात्र नभएर ठूला कलाकारहरु समेत रहेको उक्त ७५ को लिष्टबाट २५ को छनौटमा पार्न सहयोग गर्न डा. धरेलले नेपालीहरुको बिशेष सहयोगको अपेक्षा साथै अनुरोध समेत गरेका छन् । 
 
खुल्ला प्रतिस्पर्धा इमेल भोटिङ्ग माध्यमबाट हुन्छ र उहालाई उत्कृष्ट २५ को छनौटमा पार्ने जिम्मा तपाई-हामी सम्पूर्ण नेपालीहरुको काधमा आइपरेको छ। ७५ जनाको सुचीबाट छनौट गरेर २५ जनालाई 'उत्कृष्ठ क्यानेडिन आप्रवासी अवार्ड' प्रदान गर्दछ। धरेल बिगत झण्डै दुई दशक देखि क्यानडामा बस्दै आएका छन् । 
 
सोसल मार्केर्टिङमा विद्यावारिधी गरेका डा धरेल क्यानडाको टोरोन्टो स्थित सेन्टेनियल कलेजमा मार्केर्टिङ विषयका प्रोफेसर हुन् । हालै उहाँ करिव १२ वर्षदेखि प्राध्यापन गर्दै आएको उक्त बिश्वबिध्यालयको करिब ३ हजार प्राध्यापकहरुको प्रतिनिधित्व गर्दै एकेडेमिक गभर्नर पदमा पनि निर्वाचित समेत भएका छन् । 
 
शैक्षिक मात्र हैन सामाजिक गतिविधिमा समेत उत्कृष्ठ डा. धरेल नेपालीहरुको निमित्त गौरव रहेको यहाँ स्थित नेपाली समुदायले बताउँदै अाएका छन् । टोरन्टोको जर्ज ब्राउन कलेज, वाटरलुको विलफ्रेड लाउरियर युनिभर्सिटी, मंगोलियाको मंगोलियन नेशनल युनिभर्सिटी र नेपालको त्रिभुवन युनिभर्सिटीमा प्राध्यापन गरेका धरेल उत्तरी अमेरिकाको सवैभन्दा जेठो नेपाली राष्ट्रिय संस्था एशोशिएसन ऑफ नेपालिज इन द अमेरिकाज' को क्यानाडाको निमित्त उपाध्यक्ष हुन् ।
 
यस अगाडि उनले क्यानेडियन मल्टिकल्चरल काउन्सिलबाट 'आउडस्टाण्डिङ एसियन क्यानेडियन अवार्ड' समेत प्राप्त गरेका थिए । त्यस्तै उहाँले लायन्स क्लब इन्टरनेशनल अमेरिकाबाट इन्टरनेशनल लायन अफ द इयर अवार्ड प्राप्त गरेका छन् । यसका साथै डा. धरेल धेरै नेपाली संघ संस्थाहरु एनआरएनए क्यानडा, कन्सर्न नेपाल, नेपाली साहित्य समाज, एनसीसीएस टोरोन्टो, क्यानडा मल्टिकल्चर काउन्सिल मा समेत संग्लग्न छन् ।
डा. धरेलललाइ भोट हाल्नका लागि तल दिइएको लिंकमा क्लिक गरेर डा धरेलको नाममा टिक लगाइसकेपछि पेजको तलपट्टी गएर आफ्नो इमेल ठेगाना राख्नुपर्छ। भोट हालि सकेपछि  ‘यु भोटेड’ भन्ने सानो पपअप देख्न सकिन्छ ।