मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पत्रकार महासंघप्रति नेजाको एक्यवद्धता

पत्रकार महासंघप्रति नेजाको एक्यवद्धता


न्यूयोर्क (अमेरिका) – नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल सरकारद्वारा प्रस्ताव गरिएको मिडिया काउन्सील विधेयक फिर्ताका लागि नेपाल पत्रकार महासंघले सुरु गरेको विरोध तथा आन्दोलनका कार्यक्रम प्रति ऐक्यवद्धता जनाएको छ । 
 
नेजाले शनिबार साँझ जारी गरेको विज्ञप्तीमा नेजा स्थापनादेखिनै महासंघसँग सहकार्य गरेर अघि बढिरहेको उल्लेख गर्दै महासंघले सार्वजनिक गरेको विरोध र आन्दोलनका कार्यक्रमलाइ सहयोग र समर्थन रहने जनाएको छ । ‘नेपालमा बिना अवरोध  पत्रकारहरुले पत्रकारिता गर्न पाउनुपर्छ भन्ने मान्यतासहीत स्वतन्त्र र निर्भिक पत्रकारिताको पक्षमा नेजा रहेको पनि यो अवसरमा पुनः जोडदार ढंगले धारणा राख्न चाहन्छ,‘ महासचिव किरण मरहठ्ठाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 
 
लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि संचार जगतले खेलेको योगदानको समेत अवमुल्यन गरी मिडिया काउन्सील विधेयक मार्फत नेपाल सरकारले प्रेसस्वतन्त्रतामाथि प्रहार गर्न खोजेको ठम्याई नेजाको छ । आफूलाई लोकतान्त्रिक बताउने वर्तमान सरकारले जुन विधेयक संघीय संसदमा पेश गरेको छ यस भित्र राखिएका कतिपय बुदा नहटाइ विधेयक पास भएको खण्डमा नेपालमा स्वतन्त्र संचार माध्यममाथि अंकुश लाग्ने स्पष्ट देखिएको समेत नेजाले उल्लेख गरेको छ । 
 
लोकतन्त्रको आधार पूर्ण प्रेस स्वतन्त्रता हो भन्ने कुरालाई बुझेर संसदमा प्रस्तुत विधेयक फिर्ता लिई सरोकारवालाहरुसँग समन्वय गरी आवश्यक कदम अगाडि बढाउन नेपाल सरकारसग नेजाले अाग्रह गरेको छ । नेपाल सरकारले समयमै यसको मर्म र गम्भिरतालाई बुझेर निर्णय लिनेछ अपेक्षा रहेको उल्लेख गर्दै विज्ञप्तीमा  यदि त्यसो हुन नसके त्यसका विरुद्ध आन्दोलन थालेको नेपाल पत्रकार महासंघले चाल्ने जुनसुकैं कदममा नेजा हातेमालो गरेर अघि बढ्ने समेत जानकारी गराउन चाहेको समेत नेजाले जनाएको छ । 
 
नेपाल सरकारले प्रस्ताव गरेको विधयेकमा समाचार लेखेकै अाधारमा पत्रकारहरूलाइ एक करोड रूपैयाँसम्म जरिवाना र १५ वर्ष जेल सजायँ हुने प्रावधान राखिएको छ । दुबै सजायँ हुनसक्ने प्रावधान समेत विधयकमा प्रस्ताव गरिएको छ । यो प्रावधान विरूद्ध महासंघ अान्दोलित छ ।