मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जुलाइ ५ देखि ७ बाल्टिमोरमा नेपाली नेसनल कन्भेन्सन हुँदै

जुलाइ ५ देखि ७ बाल्टिमोरमा नेपाली नेसनल कन्भेन्सन हुँदै


बाल्टिमोर (मेरिल्याण्ड) – तीन नेपाली संस्थाहरूको संयुक्त अायोजनामा अाउँदो अमेरिकी स्वतन्त्रता दीवसको सप्ताहन्त बाल्टिमोरमा ‘नेपाली नेसनल कन्भेन्सन‘ हुने भएको छ । 

एसोसिएसन अफ नेपाली इन अमेरिका (एएनए), एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (एन्मा) र अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसासं) को अायोजनामा जुलाइ ५ देखि ७ सम्म उक्त वृहद सम्मेलन हुन लागेको हो । बाल्टिमोरको नेपाली संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को अातिथ्यतामा सम्मेलन हुन लागेको चार संस्थाले शनिबार जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
 
प्रवासमा रहेका नेपालीहरूको सामुहिक अावाज लिने उद्वेश्यले सम्मेलन गर्न लागिएको विज्ञप्तीमा जनाइएको छ । सम्मेलनको संरक्षकमा अवैतनिक बाणिज्यदूत प्रेमराजा महत छन् भने एएनएका बोर्ड अफ डाइरेक्टर विजय श्रेष्ठ सभापति र बानाका अध्यक्ष सुवोध विलास पन्त कन्भेनर र एएनका सल्लाहकार कुलमणि अाचार्य सम्मेलन अायोजक कमिटीका स्थानीय अध्यक्ष चयन भएका छन् । 
 
कार्यक्रमस्थल बाल्टिमोरको रेडलायन होटल (2004 Greenspring Drive, Timonium, MD – 21093) रहेको छ ।