मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनगणतन्त्र अन्तिम लक्ष्य : नेता गजुरेल

जनगणतन्त्र अन्तिम लक्ष्य : नेता गजुरेल


काठमाडौँ । नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेलले नेपाली जनताले थुप्रै राजनीतिक व्यवस्थाको अनुभव गरिसकेका भए पनि हालसम्म कुनै पनि व्यवस्थाबाट जनताको आर्थिक समुन्नति सम्भव नभएको बताएका छन् । 
 
रत्नपार्कमा आज विभिन्न राजनीतिक दलको विरोधसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको अन्तिम लक्ष्य अहिलेको व्यवस्थामा टेकेर प्राप्त अधिकार प्रयोग गर्दै जनगणतन्त्रसम्म पुग्ने रहेको बताए । 
 
पूँजीवादी व्यवस्थाबाट जनताको कल्याण हुनै नसक्ने ठोकुवा गर्दै गजुरेलले यो संविधान खारेज गरेर नयाँ संविधान निर्माण गर्न आफ्नो सङघर्ष नरोकिनेमा जोड दिए ।
 
नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारी, नेपाल कम्युनिष्ट पार्टी, एकीकृत नेकपा माओवादी तथा देशभक्त जनतान्त्रिक मञ्चले सो विरोध कार्यक्रमको आयोजना गरेको हो ।