मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको निर्वाचन विवाद

एनआरएन अमेरिकाको निर्वाचन विवाद


हिमालयखबर संबाददादा 
अमेरिका- एनआरएन एनसिसी अमेरिकाको निर्वाचन नजिकिदैं गर्दा अध्यक्षका दुइजना प्रत्यासीले,  अध्यक्षकै अर्का  एकजना प्रत्याशी सुनील शाहको उम्मेदवारी रद्ध गर्नुपर्ने  माग गर्दै एनआरएन आइससी अमेरिकाकामा उजुरी दिएका छन । 
 
सो  उजुरीको सम्बन्धमा छानवीन  गर्न एनआरएन आइसिसी अमेरिकाले तीन सदस्यीय समिती बनाउने भएको छ । 
 
एनआरएन आइसीसी अमेरिकाजका क्षेत्रीय संयोजक गौरी जोशीले बुधबार आव्हान गरेको बैठकले तीन सदस्ययि छानवीन समिती बनाउने निर्णय गरेको हो । समितीलाइ उजुरीकर्ताहरुको मागका सम्बन्धमा छानवनि गरी तीन दिन  भित्र उपयुक्त सिफारीश गर्ने जिम्मेवारी तोकीने बैठकमा सहभागी एकजना सदस्यले जनाएका छन  । समीतीबाट प्राप्त हुने सुझाब र सिफारीशका आधारमा संयोजक जोशीले एनआरएन एनसिसी अमेरिकाको निर्वाचन कमिटीलाइ आफनो सुझाब पठाउने छन ।  संयोजक जोशीले बिहीबार भित्र समिती गठन गरीने बताएका छन । 
 
सदस्यताका लागी वेभसाइट बनाउन जिम्मेवारी पाएको एक कम्पनीमा  अध्यक्षका  प्रत्याशी सुनील शाहको संलग्नता रहेकोले,  शाह उम्मेदवारी बन्न नमिल्ने दाबी गर्दै अध्यक्षका अर्का दुइ प्रत्याशी  संजय थापा र सुर्य लम्सालले मंगलबार क्षेत्रीय संयोजक जोशीलाइ एक पत्र पठाएका थिए । 
 
अध्यक्षका दुइजना प्रत्याशीको उजुरीका सम्बन्धमा छलफल गर्न बसेको एनआरएन आइसिसी अमेरिकाको बैठकले उम्मेदवारीका सम्बन्धमा बाझीएका भनीएका अन्य कतीपय बिषयहरु स्पष्ट पार्नका लागी  एनआरएन आइसिसी अमेरिकाको माइन्युट समेत मगाएर हेर्न पनि समितीलाइ जिम्मेवार दिने बताइएको छ । 
 
बैठकले  निर्वाचनलाइ विवादरहित , स्वच्छ र निष्पक्ष बनाउन जोड दिएको छ ।