मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनए आईसीसी निष्पक्ष र स्वतन्त्र निर्वाचनका पक्षमा

एनआरएनए आईसीसी निष्पक्ष र स्वतन्त्र निर्वाचनका पक्षमा


हिमालयखवर सवाददाताा
अमेरिका- गैर आवासिय नेपाली संघ अमेरिकाज क्ष्ँेत्रका संयोजक गौरी जोशीले एनआरएनएन अमेरिकाको नेतृत्व निष्पक्ष्ँ र स्वतन्त्र रुपमा चयन हुनु पर्ने वताएका छन् । एनआरएनए अमेरिकाको चुनावी गतिविधि तिव्र भईरेहका वेला संयोजक जोशीले शनिवार आयोजित नेपाल अमेरिका पत्रकार संघ (नेजा)को साधारण सभामा उक्त धारणा व्यक्त गरेका हुन् । 
 
एनआरएनए आईसीसी निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन भई नेतृत्व आओस भन्ने पक्षमा रहेको छ जोशीले भने । एनआरएनए अमेरिकाको आगामी नेतृत्वका लागि चुनावी मैदानमा रहेका थुप्रै उम्मेदवार विच जोशीले उक्त धारणा व्यक्त गरेका हुन् । उनले निष्पक्ष्ँ निर्वाचन पछिको हार जित जे भएपनि सवैको योगदानको कदर हुने पनि वताए । 
 
टेक्सस डलासमा भएको उक्त कार्यक्रममा एनआरएनए अमेरिकाको निर्वाचन तोकिएको समयमा हुन्छ वा हुन्न भन्ने प्रश्न पनि उठेको छ । निर्वाचन निष्पक्ष्ँ हुन्छ भन्ने ग्यारेण्टी नगर्ने हो भने यसमा सहभागी नहुने केही उम्मेदवारले वताएका छन् ।  एनआरएनए अमेरिकाको नेतृत्वका लागि यही महिनाको तेस्रो साता निर्वाचन हुदैं छ । तर, यो निर्वाचन रोक्न अदालतमा मुद्दा पनि परेको छ । एनआरएनएन अमेरिकामा करिव ९ हजार सदश्य छन् । क्ष्ँेत्रिय संयोजक जोशीले मुद्दा मामिलाले संस्थालाई हानी पर्याईरहेको पनि वताए । मुद्दा मामिला होइन स्वस्थ्य र प्रजातान्त्रिक प्रकृया अनुसार अभ्यास गरौं जोशीले भने ।