मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता

भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता


मोरङ । भैंसी बलात्कार गरेको आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता भएको छ । मोरङ जिल्ला अदालतमा रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दाले सोही स्थानकी रानी टुढुले पालेको भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।
 
छिमेकी टुढुको गोठमा बाँधिएको भैंसीलाई गोठबाट फुकाएर केही पर बाँस झ्ङगमा लागेर बिहीबार हस्दाले करणी गरेको अभियोग लगाउँदै टुढुले जिल्ला अदालतमा शुक्रवार ‘फिराद’ दर्ता गरेकी हुन् । 
 
इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार गोठबाट भैंसी फुकाएर नजिकैको बाँस झ्याङमा लगेर करणी भएको र करणी भएको स्थानमा फेला परेको कपडाका आधारमा आरोपीलाई पक्राउ गरिएको हो ।
 
गोठमा बाँधिएको भैंसी हराएपछि भैसीको खोजी गर्ने क्रममा दुबै खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा छिमेकी हस्दाको कपडा उक्त स्थानमा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा हस्दाले भैंसीमाथि करणी गरेको स्वीकार गरेका थिए ।