मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुलुकको परिवर्तनमा श्रमिकको महत्वपूर्ण योगदान : नेता सिंह

मुलुकको परिवर्तनमा श्रमिकको महत्वपूर्ण योगदान : नेता सिंह


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मजदूरको क्षेत्रमा काम गर्न नसकेको बताएका छन् । 
 
नेपाल ट्रेड युनियन कांग्रेसले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘श्रमिक सभा’मा उनले श्रमिकका लागि सुरक्षा कोष खडा गरेको सरकारले उक्त कोषलाई कार्यान्वयनमा लैजान नसकेको बताए । 
 
“सर्वहाराको सरकार भनेर नारा लगाउने सरकारले मजदूर र श्रमिकको हकमा काम गर्न सकेन”, उनले भने । नेता सिंहले मुलुकको परिवर्तनका लागि नेपालका श्रमिकको महत्वपूर्ण योगदान रहेको बताउँदै श्रमिकलाई राज्यले सम्मान गर्नुपर्ने बताए । सरकारले विकास बजेट जुन तरिकाले खर्च गर्नुपर्ने हो त्यो गर्न नसकेको उनको भनाइ थियो ।  
 
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस श्रमिकको पार्टी भएको बताए । “सरकारले श्रमको सम्मान गर्ने परिपाटी निर्माण गर्नुपर्छ”, उनले भने । प्रवक्ता शर्माले कांग्रेसलाई बलियो बनाउन पार्टी र ट्रेड युनियन एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउँदै श्रम बजारलाई विस्तार गरेर विदेशिएको श्रम शक्तिलाई रोक्न ट्रेड युनियन कांग्रेस लाग्नुपर्ने उल्लेख गरे । 
 
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले सामाजिक सुरक्षा कोषको अवधारणा कांग्रेसले ल्याएको बताउँदै सरकारले उक्त कोषलाई आफूले ल्याएको भन्दै प्रचारबाजी गरेको बताए । 
 
नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेत, खिलानाथ दाहाललगायतले पार्टीले ट्रेड युनियनलाई बेवास्ता गरेको आरोप लगाए । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । 
 
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । 
 
नेपालमा भने विराटनगरको जुट मिलमा २००७ सालमा भएको मजदूर आन्दोलनसँगै मजदूर दिवस मनाउन थालिएको हो ।