मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेशी लगानी भित्र्याउन सरकारको ध्यान जानुपर्छ : डा महत

विदेशी लगानी भित्र्याउन सरकारको ध्यान जानुपर्छ : डा महत


हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले राष्ट्रमा औद्योगिक क्षेत्र र प्रतिष्ठानमा विदेशी लगानी भित्र्याउन सङ्घीय सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । 
 
केन्द्रीय सदस्य डा महतले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरद्वारा बुधबार आयोजित कार्यक्रममा उनले यातायात, कृषि, सडक र प्रतिष्ठानमा मजदूरलाई आफ्नो हकअधिकार संरक्षणका लागि सामाजिक सुरक्षा ऐनलाई व्यवहारिक ढङ्गबाट प्रयोगमा ल्याउन प्रदेश सरकारले थप कदम चाल्नुपर्ने बताए । 
 
प्रदेश नं ३ का नेपाली कांग्रेस प्रदेशसभाका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुलुकमा बहुराष्ट्रिय कम्पनीको स्थापना भए पनि मजदूरलाई स्थायी सेवाको ग्यारेण्टी र नियमअनुसार पाउने पारश्रमिक दिने नगरेको र ती कम्पनीले मजदूरलाई बेरोजगारीको अवस्थामा पु¥याउँदा पनि प्रदेश सरकारले ध्यान नदिएको गुनासो गरे । 
 
ट्रेड युनियन कांग्रेस मकवानपुरका सल्लाहकार हरिप्रसाद वाग्ले, ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय उपाध्यक्ष तारा कार्की र नेपाली कांग्रेस मकवानपुरका पूर्वअध्यक्ष रघुरमण न्यौपानेले नेपाली कांग्रेस र ट्रेड युनियनका बीचमा सहकार्य गर्दै मजदूरको हकहितको निर्मित पार्र्टीले रचनात्मक सहयोग गर्नु पर्दछ भने ।
 
यसैबीच, नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ द्वारा आयोजित प्रेसका साथै अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी हुनुपर्ने माग गर्दै बुधबार बिहान निस्केको एक ¥यालीले  हेटौँडा नगरको परिक्रमा गरी स्थानीय सीमाचोकमा आइपुगेपछि कोणसभामा परिणत भएको थियो । महासंघका प्रदेश अध्यक्ष प्रताप विष्ट र महासचिव कृष्ण सारुले सरकारले प्रेश र नागरिकको अभिव्यक्ति माथि नियन्त्रण गर्न नहुने सुझाव दिए ।