मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ओहायो सिनसिनाटीमा एक भारतीय सहित भारतीय मुलका ३ को हत्या

ओहायो सिनसिनाटीमा एक भारतीय सहित भारतीय मुलका ३ को हत्या


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको ओहायो स्थित सिनसिनाटीमा एक भारतीय नागरिक सहित भारतीय मुलका तीन जना गरी ४ जनाको हत्या भएको छ । ती एकै परिवारका सदश्य थिए । मृतक मध्ये एक जना परिवारसंग विताउन आएका एक जना भारतीय थिए ।
 
आइतवार राती उनीहरुकै वासस्थानमा उक्त घटना भएको हो । मृतकमा हकिकत सिंह पांग, परमजित कौर, अमरजित कौर र  सैलेन्द्रजीत कौर छन् । उनीहरुको उमेर ६२ बर्ष देखि ३९ बर्षसम्म रहेको स्थानिय संचारमाध्यमले जनाएका छन् । हकिकत सिंह र परमजित श्रीमान श्रीमति हुन् । अरु पनि परिवारकै सदश्य थिए ।
 
यो हत्यावारेमा स्थानिय प्रहरीले अनुसन्धान गरिरहेको छ । सवैको मृत्यु गोली लागेर भएको जनाईएको छ । तर, कसले गोली चलायो यो खुलेको छैन । यो हत्याको कारण पनि खुल्न सकेको छैन ।
 
यसघटनाका वारेमा भारतका विदेश मन्त्री सुषमा स्वराजले मंगलवार टुईट मार्फत जानकारी दिएकी थिईन । मन्त्री स्वराजले यो हेट क्राइम भने नभएको जनाएकी छिन् । अमेरिका स्थित भारतीय कुटनीतिक नियोगले यस घटनाका वारेमा जानकारी लिईरहेको वताईएको छ । भारतीय नियोगलेपनि यो हेट क्राइम नभएको जनाएको छ ।
 
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले नजिकै पानी भित्र एउटा पेस्तोल फेला पारेको छ । यो पेस्तोल उक्त हत्यामा प्रयोग भएको हो वा होइन अनुसनधान भईरहेको छ ।
 
आपतकालिन नम्बर ९११ मा फोन आएपछि प्रहरी त्यहां पुगेको थियो । फोन गर्नेले आफु त्यहां पुस्दा तीन जना रगतले लतपतिएको देखेपछि फोन गरेको वताएका थिए । प्रहरीले फोन गर्नेलाई हिरासतमा भने लिएका छैन । तर, प्रहरीले ९११ मा फोन गर्ने परिवारकै सदश्य भएको पुष्टि गरेको छ ।
 
यो घटना कसरी भयो गुप्तचरहरुले अनुसनधान गरिरहेका छन् । कुनै जानकारी भए प्रहरीलाई दिन छिमेकी र स्थानियहरुसंग आग्रह गरिएको छ । तस्बिर: सामाजिक संजाल