मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका विवाद, फेरी चुनाव रोक्न अदालतसक्षम माग

एनआरएनए अमेरिका विवाद, फेरी चुनाव रोक्न अदालतसक्षम माग


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समवन्य परिषद अमेरिका (एनआरएनए अमेरिका) विरुद्ध अदालतमा भएको पुरानो मुद्दा फेरी बल्झाउंदै चालु निर्वाचन प्रकृया रोक्न अदालत समक्ष माग गरिएको छ ।
 
गत निर्वाचनमा अध्यक्षपदमा पराजित रविना थापा लगायतले गत बर्ष दायर मुद्दा अनुसार अहिले भईरहेको निर्वाचन प्रकृया रोक्न आग्रह गरिएको हो ।
 
 
हाम्रो पुरानै मुद्दा हो अदालतमा कुनै नयां मुद्दा दायर गरेका छैनौं रविना थापाले भनिन् तर, यसवारेमा सवैकुरा मलाई राम्रोसंग पनि थाहा भएन ।
 
 
गत बर्ष भएको एनआरएनए अमेरिकाको साधारण सभा रोक्न थापा समुहले अदालतमा मुद्दा दायर गरेको थियो । तर, अदालतले माग दावी अनुसार अन्तरिम आदेश दिएन ।
 
साधारण सभा रोकिन्छ भन्ने हल्ला फैलिएपनि उक्त साधारण सभा नियमित रुपमा संचालन भएको थियो । उक्त साधारण सभाले नै एनआरएनए अमेरिकाको निर्वाचन समिति गठन गरेको थियो । अहिले थापा  पक्षले उक्त निर्वाचन समिति भंगगर्न समेत माग गरेको छ ।
 
एनआरएनए अमेरिकाका कार्यसमितिका सदश्यहरुले भने यो मुद्दा प्रति खासै चासो देखाएका छैनन् । यस्ता आईरहन्छन् जान्छन् भन्ने प्रतिकृया सदश्यहरुले दिए । कार्यसमितिका सदश्यलाई अदालतको मुद्दाका वारेमा जानकारी भने गराईएको छ ।
 
निर्वाचन प्रकृया चलिरहेको वेला रोक्ने माग गरिएको हो । अहिले एनआरएनए अमेरिकामा उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त छन् ।
 
पुर्व उपाध्यक्ष तथा अध्यक्षमा पराजित थापा भने यो चुनावी माहौलमा निष्कृय देखिएकी छिन् । हाम्रो माग नै पहिले त्रुटी सच्चिनुपर्छ भन्ने हो यो सच्चिएको छैन त्यसैले चुनावको कुनै अर्थ छैन उनले भनिन् ।
 
एक पटक थापा समुहले मुद्दा फिर्ता लिने सहमति पनि गरेको थियो । तर, यो सहमति पुन तोडिन पुग्यो ।