मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजा सामुदायिक पत्रकारिता पुरस्कार शर्मालाई

नेजा सामुदायिक पत्रकारिता पुरस्कार शर्मालाई


न्यूयोर्क (अमेरिका)– नेजा पत्रकारिता पुरस्कार छनौट समितिको आइतबार बसेको बैठकबाट यस बर्षको नेजा पत्रकारिता पुरस्कारका लागि शिव शर्मालाई छनौट गरिएकोे छ । 
सन्चारकर्मी शर्माद्वारा अमेरिकाको ग्याँस स्टेसनमा जोखिम बन्दुकको निसाना विषयमा प्रकाशित रिर्पोटिंगलाई उत्कृष्ठ छनौट गरिएको हो ।
नेपालबाट प्रकाशित कान्तिपुर साप्ताहिकमा यो रिपोर्टिंग प्रकाशित भएको थियो ।
 
पुरस्कारका लागि गठित समितिले आव्हान गरे अनुसार प्राप्त एक दर्जन आवेदनहरुको अन्तिम छनौटका लागि निर्धारण गरिएको विविध मापदण्डहरुको आधारमा समितिका तीन जनाको छुट्टा छुट्टै मुल्यांकनका आधारमा शर्माको रिर्पोटिड उत्कृष्ठ ठहरिएको हो ।
 
शर्मा नेपालमा छँदा लामो समयदेखि कान्तिपुर दैनिकसंग आवद्ध रहँदै आएका थिए । पुरस्कार नेजाको मे ५ तारिक टेक्सासको ड्यालसमा आयोजित साधारण सभामा वितरण गरिनेछ । 
पुरस्कारको राशी एकहजार एक सय ११ अमेरिकी डलर र प्रमाणपत्र रहेको छ । 
 
पुरस्कार अमेरिकी नेपाली समुदायमा नेपाली मुलका सन्चारकर्मीद्धारा लेखिएको खोजमुलक समाचारहरुमध्येबाट एक उत्कृष्ठलाई छनौट गरिदै आएको छ । पुरस्कार छनौटका लागि नेजाका महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा ज्योति देवकोटा र होमप्रसाद लम्साल सदस्य रहेको समिति गठन गरिएको थियो । 
हरेक दुई बर्षमा वितरण गरिने यस नेजा पत्रकारिता पुरस्कार दुइ वर्ष अघि शिव प्रकास, दिनेश कार्की र मनोज अधिकारीको संयुक्त लेख पुरस्कृत भएको थियो ।