मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

क्रिकेट रंगशालाका लागि दुबईमा उठ्यो २२ लाख

क्रिकेट रंगशालाका लागि दुबईमा उठ्यो २२ लाख


काठमाडौँ । धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम संकलन भएको हो ।
 
चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् । 
 
‘कार्यक्रमबाट २० लाख र गायक प्रकाश पौडेलले राखेको छोटो भेटघाट कार्यक्रममा २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपैँया सहयोग प्राप्त भएकोमा निकै हर्षित छौं’ धुर्मुसले भने ।
 
कार्यक्रममा धुर्मुस सुन्तलीले हाँस्य प्रस्तुति दिएका थिए भने चर्चित गायिका मेलिना राई, गायक पुष्प प्रधानलगायतका कलाकारहरुले समेत प्रस्तुति दिएका थिए । कार्यक्रम सकेर धुर्मुस सुन्तली स्वदेश फर्किएका छन् ।