मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मन्दिर निर्माणमा एकैदिन दुईलाख डलरको प्रतिवद्धता

मन्दिर निर्माणमा एकैदिन दुईलाख डलरको प्रतिवद्धता


हिमालयखबर संबाददादा – 
युलेस (टेक्सस)। ड्यालसमा निर्माण गर्न प्रस्तावित नयाँ मन्दिरका लागि शनिबार पनि सहयोगदाताहरुले मन खोलेर प्रतिवद्धता जनाए । शनिबार आयोजित कार्यक्रममा दुईलाख ७ हजार डलरको प्रतिवद्धता आएको छ ।
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा स्थानीय फिस्टेल रेस्टुरामा भएको कार्यक्रममा ५५ जना व्यक्तिहरुले संस्थापक तथा बोर्ड अफ ट्रष्टी सदस्य बन्ने घोषणा सहित उक्त रकम सहयोग दिने प्रतिवद्धता जनाएका हुन् । ड्यालसको युलेस सिटीमा झण्डै ५० लाख डलर लागतमा पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपा बनाउने तयारी योजना अघि बढिसकेको छ ।
 
झण्डै आठ एकड जमिनमा बन्न लागेको मन्दिर तथा स्तुपा अमेरिकामा निर्माण भएका नेपाली मन्दिरहरुमध्य सबैभन्दा उत्कृष्ठ र भव्य बनाउने प्रतिवद्धता त्यस अवसरमा ड्यालसका नेपाली समुदायका अगुवाहरुले व्यक्त गरे । 
मन्दिर निर्माणका लागि ड्यालसका नेपाली समुदायमा राम्रो कमाई भएका देखि लिएर औसत कमाई भएकाहरुले समेत स्वपूmर्त रुपमा आपूmलाई समावेश गराएका छन् । औसत कमाई भएकाहरुले समेत सहयोग गरेर मन्दिर बनाउने अभियानमा देखाएको सकृयताले अब भव्य डिजाइनको मन्दिर निर्माण कार्यान्वयनमा आउन धेरै समय नलाग्ने संकेत मिलेको छ । 
 
योजनामा रहेको नयाँ मन्दिरमा सामाजीक कार्यहरु गर्नका लागि हलहरु, स्कुल सञ्चालनका लागि प्रशस्त कक्षाकोठाहरु, हवन कक्ष, चमेनागृह, भजन गर्ने हल लगायत थुप्रै सुविधाहरु हुनेछन् । 
 
मन्दिरका लागि सहयोग संकलनका लागि यसअघि दुई पटक यस्तो कार्यक्रमहरु भैसकेका छन् । हालसम्म तीन चरणमा भैसकेको यस्तो कार्यक्रमबाट ८ लाख डलरको प्रतिवद्धता आइसकेको छ । यो रकम दिनका लागि नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले कुनै पनि प्रकारको करकाप, जबरजस्ती चन्दाप्याड लिएर मानिसहरुका बीचमा गएको छैन । 
 
स्थानीय समुदायले मन्दिरलेनै नेपालीहरुलाई एकआपसमा एकजुट बनाउने र सामुदायिक भवनले आत्मिय गराउने भन्दै स्वपूmर्त रुपमा मन्दिर निर्माणको महाअभियानमा सहभागीता जनाइरहेका छन् । छिटोमा आउँदो दशैं र ढिलोमा शिवरात्रीको दिनमा मन्दिरको जग खनेर निर्माण सुरु गर्ने जनाएको छ । 
 
अहिले ड्यालसको अर्भिङमा नेपाली मन्दिर छ । तर प्रयाप्त पार्किङ, कार्यक्रमहरु गर्नका लागि हलहरु समेत धेरै नभएपछि नयाँ ठाउँमा मन्दिर सार्ने निष्कर्श सहित योजना अघि बढेको हो । अहिलेको मन्दिरको सबै ऋण चुक्ता भैसकेको छ । नयाँ मन्दिर तयार भएपछि अहिलेको मन्दिर रहेको भवन र जग्गा बिक्री गर्ने योजना रहेको छ ।
 
नयाँ मन्दिर निर्माण थाल्नका लागि कम्तिमा १८ लाख डलर आवश्यक पर्छ । यो रकम जुटेपछि नयाँ मन्दिरको निर्माण तीब्र रुपमा अघि बढ्नेछ ।
 
शनिबारको कार्यक्रममा चार जनाले पहिलेनै मन्दिरलाई प्रदान गरेको सहयोग रकमलाई बढाएर संस्थापक सदस्यबाट ‘अनररी बोर्डअफ ट्रष्टी’ मा जाने घोषणा गरेका छन् । भीम कार्की, प्रविण घिमिरे, सञ्जय राजभण्डारी र शरद मानन्धर अनररीमा जाने भएका छन् । 
 
त्यस्तै अमृत सापकोटा र विकास उप्रेतीले संस्थापक सदस्यबाट बोर्ड अफ ट्रष्टीमा जाने घोषणा गरेका छन् ।
 
शनिबारको कार्यक्रममा केन्द्रका बोर्ड अफ ट्रस्टी अध्यक्ष विनय अर्यालले नयाँ मन्दिर बनेपछि यहाँको नेपाली समुदायको इज्जत प्रतिष्ठा समेत बढ्ने बताए । अर्यालले आउँदो सेप्टेम्बर १ मा वृहद कार्यक्रम गरेर मन्दिर निर्माणको अभियानलाई तीब्रताका साथ अघि बढाउने बताए । 
 
सोही अवसरमा केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, फाइनान्स उपाध्यक्ष मनोज सिग्देलले मन्दिरको डिजाइन, लागत लगायत विविध पक्षका बारेमा जानकारी दिएका थिए । 
 
कार्यक्रममा समुदायका अगुवा डा. मुरली अधिकारी, कृष्ण लामिछानेले समाज बढ्दै गएको र गतिविधिहरु पनि बढेकोले आगामी ५० वर्षलाई थेग्नेगरि नयाँ मन्दिर बनाउन लागिएको उल्लेख गर्र्दै खुलेर सहयोग गर्न अपिल गरेका थिए ।
मन्दिर बनाउन सकिएन भने हाम्रा आउँदा पुस्ताहरु छिन्नभिन्न हुने र संस्कार समेत नासिने भएकोले गंभीर भएर सोच्न डा. अधिकारीले आग्रह गरे । 
 
बोर्ड अफ ट्रष्टीकी सचिव सिर्जना शर्मा पोखरेल स्वागत गर्दै मन्दिर निर्माणको अभियानमा सबैले मन खोलेर सहयोग गर्न आग्रह गरिन् । त्यस अवसरमा सुमन काजी, प्रदीप गिरी? उज्ज्वल खत्री लगायतका स्थानीय युवाहरुले समेत मन्दिर निर्माणको अभियानमा आपूmहरु जस्तैगरि साथ र सहयोग गर्न अपिल गरेका थिए ।