मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

ड्यालसमा नेजाको साधारण सभाको तयारी पुरा

ड्यालसमा नेजाको साधारण सभाको तयारी पुरा


ड्यालस (टेक्सस) –  नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ अाै बार्षिक साधारण सभाको तयारी अन्तिम अवस्थामा पुगेको छ । 
 
मे ४ र ५ तारिक हुने साधारण सभा ड्यालसको अर्भिङस्थित हिल्टन गार्डेन होटलमा हुनेछ । साधारण सभाको उद्घाटन कार्यक्रम मे ४ तारिक दिउँसो ४ बजे हिल्टन गार्डेन होटलमा हुनेछ । साधारण सभाको उद्घाटन कार्यक्रम पछि बन्दशत्र हुनेछ । 
 
भोलीपल्ट (५ तारिक) भने गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निवार्चनलाई लक्षित गरी संचालन गरिरहेको नेजा–एनआरएनए अमेरिका बहसको तेस्रो श्रृखंला अन्तरगत मे ५ अाइतबार प्रेसिडेन्सियल डिबेट हुनेछ । 
 
नेपालीको बाक्लो बसोबास रहेको अमेरिकाको शहरहरु मध्येको एक शहर डलासमा नेपाल अमेरिका पत्रकार संघले आफ्नो १३ औं साधारणसभाको अवसरको समय पारेर नेजाले यस्तो वहश गर्न लागेको हो । 
 
एनआरएनए अमेरिकाको निर्वाचनमा उठेका उम्मेद्वारहरुका धारणा मतदाता नेपाली सम्म पुर्याउन र मतदाता नेपालीले एनआरएनए अमेरिकामा उठेका उम्मेद्वारहरुलाई प्रश्न राख्न पाउने स्थलको रुपमा नेजाले पुलको काम गर्दै नेजा–एनआरएनए अमेरिका वहस कार्यक्रम गर्दै आएको छ । 
 
बहसको पहिलो श्रृखंला भर्जिनिया राज्यको मनासस शहरमा र दोस्रो श्रृङ्खला क्यालिफोर्नियाको लसएन्जल्समा सम्पन्न भैसकेका छन् । अन्तिम श्रृङ्खला भने न्यूयोर्क शहरमा मे ११ मा हुनेछ । 
 
नेजाको साधारणसभा तथा एनआरएनए अमेरिकाको आसन्न निवार्चनको लागि मतदानको मिति समेत नजिक रहेको समयमा वहसको तेस्रो श्रृङ्खंला टेक्ससको डलासमा हुन लागेकाले त्यसमा एनआरएनए अमेरिकाको निवार्चनमा विभिन्न पदका आकांक्षीहरूको बाक्लो उपस्थिति रहने वहस कार्यक्रममा संयोजक तथा नेजाका पश्चिम क्षेत्रीय संयोजक गोकुल ढकालले बताए । वहस कार्यक्रममा एनआरएनए अमेरिकाको अध्यक्षका तीन जना उम्मेद्वार सुनील साह, संजय थापा र सूर्य(साल) लम्साल लगायत विभिन्न पदका उम्मेद्वारहरु सहभागी ढकालले जानकारी दिएका छन् ।  
 
स्थानीय नेपाली समाज टेक्ससको सभाहलमा (नेपाली मन्दिर)मे ५ मा दिउँसो १ देखि ४ बजेसम्म वहस कार्यक्रम संचालन गरिने र त्यसको लागि तयारी समेत पुरा भैसकेको छ । 
 
कार्यक्रममा सहभागि हुन आउनुहुने उम्मेद्वारहरुको सहजताका लागि आवश्यक प्रबन्ध मिलाइएको नेजाका सचिव सुरज भण्डारीले बताए ।
 

साधारण सभाको उद्घाटन तथा बन्द शत्र हिल्टन गार्डेन होटलमा हुनेछ । कार्यक्रमस्थलको ठेगाना निम्न अनुसार रहेको छ ।  2001 Valley View Lane Irving, TX 75061