मनोरञ्जन

लसएन्जल्समा मुरलीधर म्युजिक साँझ हुदै

436 पटक पढिएको

हिमालयखबर | 27th Apr 2019, Saturday | २०७६ बैशाख १४, शनिबार ०५:३७
“उडायो सपना सबै हुरीले...
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले....
 
नेपाल अमेरिका एकता समाजको आयोजनामा आगामी में महिनाको ९ तारिख का दिन केहि समय अघि तराईमा गएको बाढी पहिरो बाट पीड़ित समुहलाई सहयोग गर्ने उध्येश्यले Nanking Indo Chinese  Restaurant -18349 pioneer Blvd Artesia ,CA 90701 बेलुकी ८:०० बजे देखी शुरु गरिने छ ।
 
एउटै मान्छे लेखक, निर्देशक, कलाकार, गायक, संगितकर्मी, गीतकार सायद कमै होलान् र उनी रेडियो नेपालका पुराना गायक पनि हुन् ।
 
उडायो सपना सबै हुरीले...’ यो गीत नसुन्ने नेपाली सायदै कोही होला । यो गाउने अरू कोही नभएर मुरलधीर नै हुन् । चिसो चिसो सिरेटोमा...’ उस्तै लोकप्रिय छ । ‘इतनी शक्ति हमे देना दाता...’ भन्ने गीत भारतका धेरै विद्यालयमा प्रार्थना गर्दा बजाइन्छ ।
 
यसमा पनि मुरलीधरकै आवाज छ । नेपाली र हिन्दी मात्र होइन, मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा दर्जनौँ कर्णप्रिय गीतहरुको साथमा रम्न र झुम्न सबैलाई आयोजक संस्था नेपाल अमेरिका एकता समाजले सबै नेपाली दाजुभाई तथा दिदि बहिनिहरुलाई आफ्नो परिवार सहित आउनुहुन अनुरोध गरेका छन् ।