मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा ओभरस्टे गर्ने अफ्रिकी र एशियाका नागरिकलाई कारवाही गरिने

अमेरिकामा ओभरस्टे गर्ने अफ्रिकी र एशियाका नागरिकलाई कारवाही गरिने


हिमालयखवर संवाददता
अमेरिका- राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्यटक भिसा अवधिभन्दा वढी अमेरिका वस्ने अफ्रिकी र एशियाका नागरिक माथि माथि कडाई गर्ने मातहत निकायलाई निर्देशन दिएका छन् ।
 
अमेरिकामा भिसा लिएर आउने मध्ये १२ प्रतिशत तोकिएको अवधि सकिएपछि पनि गैरकानुनी रुपमा अमेरिकामा वस्ने अर्थात ओभरस्टे गर्ने गरेको तथ्यांक छ  । राष्ट्रपति ट्रम्पले यसै साताको सोमबार आप्रावासि मामिला हेर्ने निकाय डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटीजलाई यसरी गैरकानुनी रुपमा अमेरिका वस्ने कारवाही गर्न ठोस योजना वनाउन निर्देशन जारी गरेका हुन् ।
 
होमल्याण्ड सेक्यूरिटीजका अनुसार सन् २०१८ मा ५ लाख ६९ हजार विदेशी यसरी अवैध रुपमा अमेरिकामा वसेका थिए । अल्पकालिन पर्यटक भिसामा आई उनीहरु ओभरस्टे गरेका हुन् ।
 
यसरी अमेरिका बस्नेमा विभिन्न समस्याले ग्रस्त २१ अफ्रिकी र एशियाली देशका नागरिक छन् ।  भिसा अवधिभन्दा वढी वस्ने देशलाई नाकावन्दी समेत हुन सक्ने छ । यसवाट सवैभन्दा वढी अफ्रिकी देश प्रभावित हुने छन् । २१ देशभित्र १३ अफ्रिकी देश छन् । यसमा अंगोला, चाड देखि सुडानसम्मका देश छन् । सवैभन्दा वढी नाइजेरियालाई लक्षित गरिएको छ । नाइजेरियाका २९ हजार ४ जना गत बर्ष ओभरस्टे गरेका थिए । यसमा एशियाका ६ देश छन् । जसमा युद्ध प्रभावित अफगानिस्तान, सिरिया र यमन छन् ।
 
ब्राजिलका ३४ हजार, १५ हजार चीनिया र १० हजार भारतीय, १० हजार फ्रान्सका नागरिक ओभरस्टे गरेको तथ्यांक छ ।
 
तर, यसमा अमेरिकामा अध्ययनका लागि आएका विदेशी विद्यार्थीलाई भने लक्षित गरिएको छैन । खाली बी१ र बी२ भिसामा आउनेलाई अवको कारवाही लक्षित गरिने छ ।
 
सन् २०१८ मा १८ लाख ४० हजार पर्यटक वाहेक विभिन्न अन्य भिसावाट अमेरिका छिरेका थिए । जवकी १ करोड ५२ लाख भन्दा वढी विदेशी पर्यटक भिसा मार्फ अमेरिका आएका थिए ।
 
अफगानिस्तान, एन्गोला, भुटान, बुरण्डी, चाड, कंगो, डिजीवुटी, इरिटिया, जर्जिया, लाओस, लगायतका देशवाट आउने मध्ये १० प्रतिशत भन्दा वढी ओभरस्टे गरेको तथ्यांक छ ।