मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

सबैभन्दा बढी उम्मेदवार न्यूयोर्कमा

सबैभन्दा बढी उम्मेदवार न्यूयोर्कमा


हिमालय खबर संबाददाता
अमेरिका – गैर अावासीय नेपाली संघ (एनअारएनए) अमेरिकाको नेतृत्वका लागि खडा भएका उम्मेदवारहरू मध्य सबैभन्दा धेरै न्यूयोर्कबाट छन् ।
 
उम्मेदवारहरूको प्रारम्भिक सूचि अनुसार न्यूयोर्क राज्यबाट ३० जना उम्मेदवारहरू खडा भएका छन् । यो राज्यबाट अध्यक्षमा दुइजना छन्। सञ्जय थापा र सूर्य साल लम्साल दुबै न्यूयोर्कका हुन् ।
 
उम्मेदवारहरू धेरै भएको दोस्रो राज्यमा टेक्सस छ । यो राज्यबाट २९ जना उम्मेदवारहरू खडा भएका छन् । टेक्ससबाट अध्यक्षका लागि एकजना छन् भने वरिष्ठ उपाध्यक्षमा अमृत सापकोटा, अर्जुन बञ्जाडे  र नारायण कंडेल खडा भएका छन् । 
 
ड्यालसका इन्जिनियर विजयराज भट्टराइले मनोनयन पत्र दर्ता गरेका २ सय ८ उम्मेदवारहरूको सूचिलाइ पाइचार्टमा तयार पारेका छन् । 
 
उनका अनुसार ३ वटा डुप्लिकेट रेकर्ड प्रकाशित गरिएको छ।  जम्मा उमेद्वारको संख्या २०८ रहेको छ।  जसमध्ये नेशनल लेभलको निमित्त ६७ उमेद्वारहरु छन्, स्टेटको निमित्त १३१ र आइसीसीका लागि १० गरेर जम्मा २०८ उमेद्वारहरु रहेका छन्। 
 
राष्ट्रिय निर्वाचनको निमित्त जम्मा २४ राज्यहरु बाट उमेदवारी परेको छ।