मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको उम्मेदवार नामावली प्रकाशित

एनआरएनको उम्मेदवार नामावली प्रकाशित


हिमालयखबर संबाददादा 
अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएन) को आउँदो निर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरुको नामावली प्रकाशित भएको छ । 
 
निर्वाचन समितिले प्रकाशित गरेको उम्मेदवार नामावली अनुसार दुईसय ९ जना उम्मेदवारहरु बिभिन्न पदका लागि खडा भएका छन् । समितिले प्रकाशित गरेको सूचिमा २ सय ११ जना उल्लेख भएपनि दुईजनाको नाम दोहोरिएको छ । रित नपुगि दर्ता भएका केही उम्मेदवारी रद्ध भएका छन् । 
 
निर्वाचन समितिले वेवसाइटमा प्रकाशित गरेको उम्मेदवारको विवरण यसपटक भने अंग्रेजी अल्फाबेटिकल्ली रुपमा राखिएको छ । जस अनुसार अध्यक्षमा सञ्जय थापा, साल लम्साल र सुनिल शाहको उम्मेदवारी परेको छ । 
 
थापाको प्रस्तावमा पुज्य थापा र समर्थकमा सम्पूर्ण थापा छन् । त्यस्तै साल लम्सालको प्रस्तावकमा सुजन खनाल र शैलेस काफ्ले छन् । त्यस्तै सुनिल शाहको प्रस्तावकमा बादल भुजेल र समर्थकमा हरिबोल भण्डारी छन् । 
 
उम्मेदवारहरुको नामावली माथि बुधबार र विहीबार दावी विरोध गर्न सकिनेछ । निर्वाचन समितिले उम्मेदवारहरुको दोस्रो सूचि भने अप्रिल २७ तारिक शनिबार प्रकाशित गर्नेछ । उम्मेदवारी फिर्ता गर्न चाहनेले आउँदो मे ३ तारिकसम्म फिर्ता लिनसक्नेछन् । उम्मेदवारहरुको अन्तिम नामावली भने मे ७ तारिक प्रकाशित गरेर मे १८ र १९ मा निर्वाचन हुनेछ ।
 
यस पटकको एनआरएनको निर्वाचनमा महिलाहरुको सहभागिता उत्साहप्रद देखिन सकेन । वर्तमान अध्यक्ष डा. केशव पौडेलकी पत्नी संगिता सापकोटा पौडेलले समेत न्यूमेक्सिको राज्यबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् । उनको प्रस्तावकका डा. पौडेल छन् भने समर्थककमा प्रेमराज सापकोटा छन्। बोर्ड अफ डाइरेक्टरमा समेत तीनजनामात्र महिला उम्मेदवारी परेको छ । 
 
भेरिफिकेसन समितिमा बसेकाको उम्मेदवारीः 
एनअारएन अमेरिकाको सदस्यता भेरिफिकेसन समितिमा बसेका रामकुमार सुवेदीले अाइसिसी मेम्बरमा उम्मेदवारी दिएका छन् । भेरिफिकेसनमा बसेका व्यक्तिहरू कुनै पनि चुनावमा सहभागी हुन नपाउने समझदारी भएकोमा  उनले उम्मेदवारी दिएपछि विवाद बढेको छ । 
सुवेदीको उम्मेदवारीको विषयमा एनअारएनको रिजनलमा उजुरी परेकाे बताइएको छ ।