मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस नेता ताम्राकारको निधनप्रति दुःख व्यक्त

कांग्रेस नेता ताम्राकारको निधनप्रति दुःख व्यक्त


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व ताम्राकारले पु¥याएको योगदानको स्मरण गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । 
 
प्रमुख सचेतक खाँणले उनको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेता ताम्राकारको मङ्गलबार उपचारको क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो ।
 
विसं २०४८ र २०५६ मा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका स्व ताम्राकारले स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । 
 
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा प्रवेश गरेका स्व ताम्राकारले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाको सङ्घर्षमा क्रियाशील रहँदा पटक–पटक जेलनेल र यातना सहेको प्रमुख सचेतक खाँणले उल्लेख गरेका छन् । 
 
स्व नेता ताम्राकारले राजनीतिक जीवनबाहेक बुद्ध दर्शनका साथै विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माण तथा समाजसेवाको कार्यमा समेत अतुलनीय योगदान पु¥याएका छन् । 
 
नेता ताम्राकारजस्तो एक कुशल नेता एवं समाजसेवीलाई गुमाउनु पर्दा राष्ट्र र कांग्रेसलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ ।