मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्छ : मुख्यमन्त्री पौडेल


काठमाडौँ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्ने बताएका छन् । 
 
प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले मंगलबार खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरेको ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७६’ को उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको विकासका लागि परम्परागत सोच तोडेर अघि बढ्नुपर्नेमा जोड दिए । 
 
मुख्यमन्त्री पौडेलले सङ्घीय सरकारभन्दा प्रदेश सरकार नयाँ भएकाले यो एकवर्ष संरचना र ऐन नियम बनाउन लागिएको बताए । सरकार गठन हुँदासम्म कहाँ बस्ने र कोसँग शपथ लिने भन्नेसम्मको अन्योल रहेको उनले बताए । अहिले आवश्यक पर्ने ऐन, नियमको निर्माण भइरहेको उनले बताए । 
 
उनले भने, “सबै चुनौती सामना गर्दै अहिले हामी यो अवस्थामा आइपुगेका छौँ ।” नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नास्ट) ले अपेक्षाकृत काम गर्न नसकेको उनले औँलाए । नास्ट परिणाममुखी काममा लाग्नुपर्नेमा उनले जोड दिए ।