मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

संगितकार मदन दिपबिमको निधन

संगितकार मदन दिपबिमको निधन


हिमालयखवर संवाददाता
अमेरिका- नेपाली संगितका चर्चित व्यक्तित्व मदन दिपबिमको आइतवार असमायिक निधन भएको छ । अमेरिकाको क्यालिफोर्निया स्थित अस्पतालमा उपचारका क्रममा दिपबिमको निधन भएको हो ।
 
केही दिन अघि अचानक मुटुको समस्या देखिएपछि  उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।  
 
सुरिलो रुख सल्लै हो खोजेको तिमीले कल्लाई हो लगायत विभिन्न चर्चित आधुनिक र लोकगितमा संगित दिएका   दिपबिम केही समय यता अमेरिकाको क्यालिफोर्निया स्थित स्यान माटियोमा परिवारका साथ बस्दै आएका थिए । 
 
अमेरिकामा विभिन्न क्ष्ँेत्रका समाजिक कार्यकर्ताले उनको निधनमा शोक व्यक्त गरेका छन् ।