मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्लास्टिकमुक्त गर्न नगर क्षेत्रभरि डस्टविन वितरण

प्लास्टिकमुक्त गर्न नगर क्षेत्रभरि डस्टविन वितरण


झुवानी । झुवानी इन्भाईरोमेन्ट प्रोटेक्सन प्रोग्राम रत्ननगर ५ ले नगरभित्रका सामुदायिक विद्यालय तथा रत्ननगर ५ का प्रत्येक टोलमा डस्टविन वितरण गरेको छ । 
 
प्लाष्टिकको प्रयोग घटाउन र प्लाष्टिकजन्य फोहोरको सही व्यवस्थापन गर्न अभियान सञ्चालन गर्दै आएको सो संस्थाले चार वर्षअघिदेखि डस्टविन वितरण तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
 
कार्यक्रमका प्रमुख अतिथि एवम् जर्मनीमा सामाजिक अभियन्ताका रुपमा वातावरण संरक्षणका क्षेत्रमा लागिपरेका जोहानेस टिड्जेले वातावरण रहेमात्र मानिसको अस्तित्व रहने हुँदा हरेक व्यक्तिले यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए । 
 
जलवायु परिवर्तनको असर विश्वव्यापीरुपमा देखिएको बताउँदै उनले हरेक परिवारबाट वातावरण संरक्षणमा योगदान दिन सकिने कारण डस्टविन वितरण गरिएको बताए । यसपटक १२५ वटा फलामे डस्टविन वितरण गर्न लागिएको उनले बताए । 
 
जर्मनीकी क्लिन सिटी कार्यक्रमकी टेलर स्मिथले फोहोरको सही व्यवस्थापनबाटै वातावरण संरक्षणमा सघाउ पुग्ने बताइन् । उनले भनिन्, ‘यसमा तेरो र मेरो नभनी सामूहिक प्रयास गरिनुपर्छ ।’
 
जर्मनीको ब्ल्याक फरेष्ट नेशनल पार्कमा कार्यरत एवम् वातावरण विज्ञानका शिक्षक थोमसले पदयात्राका क्रममा भेटिएका जोहानेस टिड्जेको अभियानमा सघाउ पु¥याउन पाउँदा खुसी लागेको बताए । व्यक्ति जहाँको भए पनि र जहाँबाट भए पनि वातावरणीय क्षेत्रमा योगदान गर्न आवश्यक रहेको बताए । 
 
झुवानी इन्भाईरोमेन्ट प्रोटेक्सन प्रोग्रामका संयोजक रामचन्द्र महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व गाविस अध्यक्ष फूलचनकुमार महतो, सोमलाल महतो, डाक्टर राउत, विजय चौधरीलगायतले मन्तव्य राखेका थिए ।
 
कार्यक्रममा थारु सांस्कृतिक नृत्य झमटा र डम्फु नाचमार्फत पर्यटकलाई स्वागत गरिएको थियो । सो अवसरमा स्थानीय गायक माइला घलेले सांगीतिक प्रस्तुुति दिएका थिए ।