मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका अध्यक्ष पदका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी,

एनआरएनए अमेरिका अध्यक्ष पदका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी,


हिमालयखवर संवाददाता-
अमेरिका । गैर आवासिय नेपाली संघ राष्ट्रिय समवन्य परिषद अमेरिका (एनआरएनए अमेरिका) को आगामी कार्यकालका लागि हुन लागेको निर्वाचनमा दुई जना अध्यक्षका प्रत्यासीले उम्मेदवारी दर्ता गरेका छन् ।
 
टेक्ससका सुनिल शाह र न्यूर्योकका सुर्य (साल) लम्सालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अन्य विभिन्न पदमा पनि उम्मेदवारी दर्ता भईरहेको छ । उम्मेदवारी प्रस्तुत गर्ने शुक्रवार अन्तिम दिन हो ।
 
एनआरएनए अमेरिकाको अनलाइनमा विगतमा पटक पटक समस्या देखिएकाले अहिलेपनि अन्तिम समयमा उम्मेदवारी दर्ता गर्न नमिल्ने हो कि भन्ने त्रास पनि केहीमा फैलिएको छ ।
 
अध्यक्षमा उम्मेदवारी दिएका सुनिल वर्तमान कार्यसमितिका वरिष्ष्ठ उपाध्यक्ष हुन् । लम्साल यस अघि एनआरएनए अमेरिकाको वार्डमा थिए । वर्तमान कार्यसमितिमा महासचिवका लागि उम्मेदवारी दिएपनि लम्साल पराजित भएका थिए । पेशाले दवै जना इन्जिनियर हुन् ।
 
अध्यक्ष पदका दुवै प्रत्यासीले सहयोगका लागि मतदातालाई अनुरोध गरेका छन् ।
 
अर्का अध्यक्ष पदका आकांक्षी संजय थापाले भने यो समाचार तयार गर्दासम्म उम्मेदवारी दर्ता गरेको औपचारिक जानकारी आएको छैन । थापा समिकरण वनाउन लागि परेको वताईएको छ ।
 
वरिष्ठ उपाध्यक्षमा को को उम्मेदवार हुन्छन् भन्ने अहिलेसम्म स्पष्ट भईसकेको छैन । वरिष्ठ उपाध्यक्ष पदमा कसलाई राख्ने यो मिल्न नसक्दा अध्यक्ष पदका उम्मेदवारको समिकरण स्पष्ट हुन सकेको छैन । अमृत सापकोटा, वीआर लामा, डा अजुर्न बन्जाडे लगायतले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा छ । तर, यो समाचार तयार गर्दासम्म उनीहरुको उम्मेदवारी परेको जानकारीमा आएको छैन ।
 
अध्यक्ष पदका प्रत्यासीलाई प्यानल बनाउने भने सकस भएको छ । यसले गर्दा प्यानल वनाउन प्रयास गर्नेहरु नै धरापमा परेका छन् ।
 
एनआरएनए अमेरिकामा करिव ९ हजार मतदाता छन् । यस पटक एनआरएनए अमेरिकाका अध्यक्ष लगायत पदाधिकारी, आईसीसी सदश्य, २० च्याप्टर कार्यसमितिका लागि निर्वाचन हुन लागेको हो । मतदान अर्को महिनाको तेस्रो साता तोकिएको छ ।