मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छ : अध्यक्ष थापा

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छ : अध्यक्ष थापा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द समूहका सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरी उनीहरुलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन् ।
 
रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा उनले लोकतान्त्रिक मुलुकमा शान्ति र समृद्धि कायम गर्न उक्त समूहलाई निषेधको राजनीति गर्न नहुनेमा जोड दिँदै उनीहरुका हिंसात्मक गतिविधिलाई भने नियन्त्रण गर्नुपर्ने बताए ।
 
बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा प्रकरणमा संलग्न सबैलाई छानबिन गरी कडाइका साथ कारबाही गर्नुपर्ने बताउँदै उनले एनसेलको पूँजीगत लाभ कर असुल गर्न सरकारले गरेको गृहकार्यको सराहाना गरे । 
 
धर्म निरपेक्षताको नाममा केही धार्मिक समूहले सनातन धर्ममाथि आक्रमण गरिरहेको बताउँदै उनले हिन्दू राष्ट्रका लागि आफूहरुले शुक्रबारदेखि देशभर सशक्त कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । 
 
हिन्दू राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको उक्त पार्टीले गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्षका कार्यक्रम गर्दै आएको छ ।