मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

टेक्सस च्याप्टरमा जनसम्पर्क र प्रवासीको संयुक्त प्यानल

टेक्सस च्याप्टरमा जनसम्पर्क र प्रवासीको संयुक्त प्यानल


ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टरको लागि जनसम्पर्क समिति र प्रवासी मञ्चबीच मिलेर जाने सहमति भएको छ । 
 
जनसम्पर्क समितिको तर्फबाट अध्यक्ष, कोषाध्यक्ष र बहुमत सदस्य हुनेछन् । त्यस्तै प्रवासी मञ्चबाट उपाध्यक्ष, सचिव र युथ कोअर्डिनेटर र सदस्य रहनेगरि सहमति भएको छ । 
 
दुई संस्थाहरुले संयुक्त बैठक बसेर यस्तो सहमति गरेका हुन् । झण्डै आधा दर्जन पटक संयुक्त बैठक बसेको थियो ।
 
सहमति अनुसार अब अध्यक्षमा जनसम्पर्क समितिबाट राजेश अर्याल निर्विकल्प उम्मेदवार भएका छन् । झण्डै २० वर्षदेखि अमेरिकामा रहेर व्यबसायीक र सामाजीक क्षेत्रमा कृयाशील अर्याललाई टेक्ससमा निकै शालीन व्यक्तिका रुपमा लिइन्छ । अर्याल जनसम्पर्क समिति अमेरिकाका संस्थापक सदस्य पनि हुन् ।
 
प्रवासी मञ्चमा भने कस्ले नेतृत्व गरेर जाने भन्नेमा निकै विवाद देखिएको छ । विवादहरु सतहमै छताछुल्ल भएका छन् । 
 
मञ्चले पाउने भनिएको उपाध्यक्षमा अस्टिनका मोहन कुसारी निर्विरोध जस्तै छन् । तर सचिवमा भने प्रवासी मञ्चबाटै दुई जना आकांक्षी छन् । प्रवासी मञ्च टेक्ससका सचिव राजेन्द्र वाग्ले र सोही संगठन निकट सोफिन थापाले सचिवमा इच्छा देखाएका छन् ।
 
दुई जनाले नै सचिवमा दावी नछाडेपछि समस्या निकै पेचिलो बन्दै गएको छ । ‘त्यही भएर हामीले हाम्रो संगठनका उपाध्यक्षमा मोहन कुसारी र सचिव राजेन्द्र वाग्लेको नाम सिफारिस गरेका छौं,’ वार्ता समितिका जनक रानाले हिमालय खबरसँग भने ।
 
उता सचिवका आकांक्षी सोफिन थापाले पनि आफ्नो अडान कायमै राखेका छन् । थापाले भने–‘राजेन्द्रजीले पहिले उपाध्यक्षका रुपमा जाने सहमति भएको हो । त्यसै  अनुसार मैले सुरुबाटै सचिवमा चाहना देखाएको हुँ । अहिले आएर मैले छोडन सक्ने अवस्था छैन ।’
 
दुईजनालाई मिलाउन प्रवासी मञ्चभित्र धेरैनै सकस परेको बताइन्छ । सोही कारण दुबैले उम्मेदवारी दिने संभावना रहेको छ । थापाले आफ्नो फेसबुकमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर वाग्लेले भने आपूm संस्थागत पद्धतीबाट बाहिर जान नसक्ने र अनुशासित व्यक्ति भएका कारण आफ्नो पक्षमा सहमतिका लागि कुरेर बसेको बताए । 
 
च्याप्टरको सचिवको विवाद मिलाउन प्रवासी मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा र अध्यक्षका उम्मेदवार सञ्जय थापालाई समेत हम्मेहम्मे परेको छ । स्रोतका अनुसार प्रवासी मञ्चका दुबै नेताले सचिव पदका दुबै आकांक्षीलाई फोन गरेर ‘तपाइनै हो आधिकारिक उम्मेदवार’ भन्दै उकेरा लगाएका कारण समस्या झनै जटील बन्दै गएको स्रोतको दावी छ । ‘दुबै नेताको भूमिका विवाद मिलाउने र सहमति गराउने भन्दा पनि विवाद बढाउने, दरार सिर्जना गर्नेतिर ज्यादा देखिएको छ,’ स्रोतले भन्यो । 
 
टेक्सस च्याप्टरको अध्यक्षमा ह्यूस्टनका  द्रोण गौतमले उम्मेदवारी घोषणा गरेका छन् । द्रोण एनआरएनए टेक्सस च्याप्टरका उपाध्यक्ष हुन् । संस्थालाई समावेशी वनाउन पनि टेक्ससको ह्युस्टनलाई समेट्नपर्ने पक्षमा गौतमका लागि लविगं भईरहेको छ । अध्यक्ष पदका अर्याल र गौतमलाई मिलाउने प्रयास भने जारी छ । आफु उपाध्यक्षका रुपमा काम गरिसकेकाले अध्यक्षको दावेदार भएको द्रोणको दावी छ । ह्यूस्टनमा समाजसेवामा सकृय द्रोण नेपलिज एशिोसियन अफ ह्यूस्टनका उपाध्यक्ष पनि हुन् । 
 
उम्मेदवारी दर्ता बुधबारबाट सुरु हुँदैछ । टेक्सस च्याप्टरमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, युथ कोअर्डिनेटर, महिला कोअर्डिनेटर र ५ जना सदस्यहरु रहनेछन्