मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

शनिबार नर्थ क्यारोलाइनामा तेस्रो नेपाल डे हुँदै

शनिबार नर्थ क्यारोलाइनामा तेस्रो नेपाल डे हुँदै


मोरिसभिल (अमेरिका) – अमेरिकाको नर्थ क्यारोलाइना स्थित मोरिस्भिलमा अाउँदो शनिबार विविध कार्यक्रमका सहित तेस्रो नेपाल डे कार्यक्रम हुने भएको छ ।
 
कार्यक्रमको पूर्वसन्ध्यामा वेक काउन्टी बोर्ड अफ कमिशनरको बैठकमा काउन्सिल चेयर जेसिका होम्सले अप्रिलको तेस्रो शनिवारलाइ नेपाल डे को रुपमा मनाउने सार्वजनिक घोषणा गरिन् । नर्थ क्यारोलाइना र खास गरि वेक काउन्टी क्षेत्रमा नेपालीहरूको बसोबास रहेको एवं यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा नेपाली समुदायको उल्यख्य योगदान रहेको उल्लेख गर्दै उनले काउन्टीले  नेपाल डे घोषणा गरेर गरेर नेपाली समुदायको योगदानको सम्मान गर्न पाएकोमा खुसी प्रकट गरिन् । 
 
काउन्सिल चेयर होम्सले नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना ( एनसीएनसी)का अध्यक्ष डा. बटु शर्मालाई घोषणापत्र हस्तान्तरण गर्दै  शनिबार मोरिस्भिलमा हुने कार्यक्रममा आफु सहभागी  हुन समेत सबैलाइ अाग्रह गरिन् ।
 
कार्यक्रममा एनसीएनसीका अध्यक्ष डा बटु शर्माले नेपाल डे घोषणाा  मार्फत वेक काउन्टीले  नेपाली समुदायलाई ठुलो सम्मान दिएको र यो विशेष पहिचानले नर्थ क्यारोलाइनबासी नेपाली समुदायलाई निक्कै उत्साही बनाएको बताए । मन्तव्यको क्रममा डा शर्माले नेपाल डे कार्यक्रममा उपस्थित भई नेपाली संस्कृतिको अवलोकन गर्न र नेपाली खानाका परिकारहरूको स्वाद लिनको लागि सबैलाइ निम्तो समेत दिए ।
 
कार्यक्रममा  मोरिस्भिल टाउनका निर्वाचित सदस्य स्टीव रावले तीन वर्ष अघि टाउन अफ मोरिस्भिलले पहिलो पटक नेपाल डे घोषणा गरेको र त्यसैको निरन्तरता स्वरुप दोस्रो बर्षबाट काउन्टीले पनि नेपाल डे घोषण गरेको स्मरण गराए ।
 
नेपाल डे कार्यक्रमका सहसंयोजक तथा एनसीएनसीका वरिष्ठ उपाध्यक्ष रबिन्द्र कार्कीले विभिन्न उपसमितिका सदस्यहरू आ-आफ्नो जिम्मेवारीमा जुटेको र कार्यक्रमको अन्तिम तयारी पूरा भैसकेको जानकारी दिए । मोरिस्भिलको टाउन हाल ड्राइभस्थित सीडार फोर्क कम्युनिटी सेन्टरबाट शनिवार बिहान ११ बजे परेड शुरु हुने र चर्च स्ट्रीट पार्कमा पुगी औपचारिक समारोहामा परिणत हुने कार्यक्रम रहेको छ ।
 
यस पटकको कार्यक्रम अघिल्ला बर्षहरूकोभन्दा पनि  विशेष हुने एनसीएनसी बोर्ड अफ ट्रष्टीका अध्यक्ष तथा नेपाल डे कार्यक्रमका अर्का सहसंयोजक  डा. ठाकुर बाबु कार्कीले बताए । उनका अनुसार कार्यक्रममा नेपाली संस्कृति झल्किने झाँकी, गीत, नृत्य, नेपाल र नेपाली संस्कृति झल्किने स्टलहरू, नेपाली खानाका परिकार आदि रहनेछन ।
 
आयोजकका अनुसार नेपाल डे कार्यक्रममा अमेरिकाका लागि नेपाली  राजदूत  डा. अर्जुन कार्की, नर्थ क्यारोलाइनाका सेक्रेटरी अफ स्टेट एलेन मार्शल, वेक काउन्टीकी चेयर जेसिका होल्मस्, सेनेटर जय चौधरी, सेनेटर साम सरसी, सेनेटर विली निकेल, मोरिस्भिल टाउनका मेयर टी जे कोली  लगायत विशिष्ट अतिथिहरू उपस्थित हुने कार्यक्रम रहेको छ ।