मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

गोफण्ड-मी मार्फत नक्कली कथा बनाएर ठगी गर्नेलाई जेल सजाय

गोफण्ड-मी मार्फत नक्कली कथा बनाएर ठगी गर्नेलाई जेल सजाय


हिमालयखवर संवाददाता-
अमेरिका  । गोफण्डमी मार्फत मार्फत पैसा उठाई ठगी गर्ने न्यूजर्सीकी एक महिलालाई चार बर्षको जेल सजायँ सुनाईएको छ । ती महिलाले फिलेडेल्फियाका बासस्थान नभएका होमलेस व्यक्तिका लागि सहयोग गर्ने भन्दै गोफण्ड मार्फत विभिन्न दातावाट चार लाख अमेरिकी डलर भन्दा बढी संकलन गरेकी थिईन  ।
 
न्यूजर्सी स्थित र्बलिङगटन काउण्टी समक्ष २९ बर्षिय ती महिला केट्लिन म्याक्लियरले आफ्नो अपराध स्विकारेकी थिईन । सन् २०१७ मा न्यूजर्सीमा वस्ने म्याक्लियर फिलेडेल्फियाको इन्टरस्टेट ९५ हाईवेमा ग्याँस सकिएर अलपत्र पर्दा एक जना होमलेस जोनी बोविट जुनियरले देखेर आफुसँग भएको २० डलर दिएका घटना सोसियल मिडियामा भाइरल भएको थियो  । यो सकरात्मक कार्यलाई म्याक्लियरले आफ्नो केटा साथि मार्क डिएम्कोसँग मिलेर सोसियल मिडियामा पोष्ट गरेकी थिईन । त्यसपछि उनीहरुले उक्त होमलेस व्यक्तिका लागि सहयोग गर्न गोफण्डमि क्याम्पियन चलाएका थिए ।
 
गोफण्डवाट उठेको पैसा उनीहरुले आफ्नो व्यक्तिगत बैंक खातामा राखेका थिए । यो पैसा बिएमडब्लु गाडी, महंगो झोला, क्यासिनो लगायत यात्रामा खर्च गरेका थिए ।
 
यो घटनामा होमलेस बोविट पनि दोषी पाईएका थिए । उनलाई पनि ५ बर्षको जेल सजाय तोकिएको छ । वास्तवमा यो प्रकरणमा गाडीको तेल सकिएको ती होमलेस व्यक्तिले २० डलर लिएको सवै नक्कली भएको तथ्य फेला परेका थिए । उनीहरुले गोफण्डमीवाट पैसा उठाउन एउटा कथा वनाएका थिए । गोफण्डवाट उठेको पैसाको हिस्सा नपाएपछि बोविटले म्याक्लियरलाई मुद्दा दायर गरेका थिए । यस पछि यो घटना बाहिर आएको थियो ।