मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

गायक रामकॢष्णले तताए ह्युस्टन

गायक रामकॢष्णले तताए ह्युस्टन


ह्युस्टन ( टेक्सास) । नेपाली राष्ट्रिय झण्डा हातमा लिएर "हिमाल देख्न पाइयोस् … " भन्ने गीत गाउँदै जब गायक रामकॢष्ण ढकाल स्टेजमा देखापरे , स्थानीय ताज हल तालीले घन्कियो । 
 
नेपाली नयाँ वर्ष २०७६ एवम् दशौं नेपाल दिवसको अवसरमा हिजो शनिवार यहाँ आयोजित नववर्ष धमाका कार्यक्रममा विशेष आकर्षण रहेका चर्चित गायक ढकालले ह्युस्टनका दर्शकहरुलाई भरपूर मनोरन्जन दिए । उनले आफ्ना चर्चित गीतहरु मात्र गाएनन् स्वर सम्राट नारायण गोपालका केही कालजयी गीत पनि सुनाए । दर्शकहरु उनीसंगै गाउंदै रमाइरहेको दॢश्य मनमोहक देखिन्थ्यो । 
 
साँगितिक साँझमा गायक रामकॢष्ण ढकालले ओराली लागेको , मनपराउने हजार हुन्छन् , बाचुन्जेलिलाई जस्ता सदाबहार गीत गाएर ह्युस्टनका नेपाली श्रोताहरुको मन जितेका थिए । राती अबेरसम्म पनि साँगितिक माहौल तातिएको देखिन्थ्यो ,उनको गीतमा श्रोताहरु झुमिरहेका थिए । 
 
नेप्लिज एशोसिएसन अफ ह्युस्टनले आयोजना गरेको सो कार्यक्रमबाट उठेको रकम स्थानीय पशुपति मन्दिरलाई प्रदान गरिने कुरा आयोजकले बताएकाछन् । 
 
कार्यक्रममा सानएन्टोनियोका कैलाश कायस्थले नेपाालका प्रशिध्द गायकहरुका चारवटा गीत सुनाएर मनोरन्जन प्रदान गरेका थिए । स्थानीय बालिकाहरुले बाध्यवादन र नॢत्य प्रदर्शन गरे भने एउटा कविता वाचन समेत गरिएको थियो । 
 
कार्यक्रमको शुरुमा नेप्लिज एशोसिएसन अफ ह्युस्टनका सचिव विजय वोखिमले दर्शक श्रोताहरुको स्वागत गर्दै सबैमा नयाँवर्षको शुभकामना दिए । एशोसिएसनका अध्यक्ष डा. विष्णु नेपाल विरामी परेर कार्यक्रममा उपस्थित हुन सकेनन् । 
 
उक्त नयाँवर्ष साँझ कार्यक्रमको सौजन्य न्युयोर्क लाइफ इन्सुरेन्सका बच्चा तिवारी , नेपाल हेरिटेज ट्राभल एण्ड टुर्स , काठमाण्डु किचन एण्ड बार र अभन्ति ट्याक्सले गरेका थिए । 
 
साँगितिक कार्यक्रमको संयोजन जनक थापा तथा  उद्घोषण प्रशान्ति पंडीत र राम कुँवरले गरेका थिए ।