राजनीति / समाज

ज्येष्ठ नागरिकको १३१ वर्षमा निधन

122 पटक पढिएको

13th Apr 2019, Saturday | २०७५ चैत्र ३०, शनिबार ०२:५२
राजविराज । जीवनकालको अधिकांश समय पशुपालनमै बिताउनुभएका नेपालकै ज्येष्ठ नागरिक रघु बहरखेरको शुक्रबार १३१ वर्षको उमेरमा निधन भएको छ । 
 
सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए ।
 
उनी नेपालमै करीब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै बनाएर पाल्ने पहिलो व्यक्ति रहेका स्थानीयवासीको भनाइ छ ।
 
आफ्नो जीवनकालको अधिकांश समय उनले कोशी टप्पुको जङ्गलमै गाईवस्तु, अर्ना पालेर बिताएको घोषिन उत्थान मञ्च नेपालका केन्द्रीय सदस्य सोभितलाल पघैया यादवले बताए ।
 
यसैबीच, उनको कोशी ब्यारेजमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।