मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पाल्पामा पनि केवलकार सञ्चालन हुने

पाल्पामा पनि केवलकार सञ्चालन हुने


रामपुर । पाल्पामा पनि अब केवलकार सञ्चालन हुने भएको छ । तिनाउ गाउँपालिकादेखि बुटवल उपमहानगरपालिका रुपन्देहीसम्म जोड्ने गरी केवलकार सञ्चालनमा ल्याउने योजना अगाडि सारिएको लुम्बिनी केवलकार प्रालिका प्रोपाइटर तेजप्रसाद विकले बताए । 
 
तिनाउ– ३ वसन्तपुरमा माथिल्लो सबस्टेशन र बुटवल– ३ बमघाटमा तल्लो सबस्टेशन रहने गरी करीब ३ किमीमा झण्डै १८ देखि २०  केवलकार सञ्चालन गरिने प्रालिले जनाएको छ । पाँच वर्षअघि सर्वेक्षण भइसकेको त्यस क्षेत्रमा केवलकार सञ्चालनका लागि रु तीन  अर्ब ५२ करोड लागत लाग्ने अनुमान गरिएको छ । वसन्तपुरमा कामेक्षा मन्दिर निर्माण र १५० कोठासहितको सुविधासम्पन्न होटल–रेष्टुरेन्टसमेत सञ्चालन गर्ने तयारी गरिएको प्रालिका प्रोपाइटर विकको भनाइ छ । 
 
रुपन्देही तथा पाल्पा क्षेत्रका बासिन्दालाई जतिसक्दो स्वरोजगार  बनाउने र अधिकतम रुपमा पर्यटकलाई भित्र्याउने योजना प्रालिको छ । प्रदेश नं ५ कै महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पाल्पासम्म ल्याउने योजनाले केवलकार सञ्चालन गरिने भएको हो । 
 
लुम्बिनी आएका पर्यटकलाई पाल्पाका पर्यटकीय क्षेत्रको अवलोकनपछि मात्रै पोखरा पुग्ने वातावरण मिलाइने तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए ।
 
प्रदेश नम्बर ५ को मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित बुटवल रुपन्देहीको सिमानाका रुपमा रहेको तिनाउँ गाउँपालिकामा रहेर ओझेलमा परेको सुकेताललगायत पाल्पाकै बहिरीदेवी सत्यवतीको विकासमा समेत नयाँ योजना ल्याउने तयारी रहेको विकले बताए । केवलकार सञ्चालनसँगै स्थानीय ६० प्रतिशत नागरिकलाई रोजगारी दिइने र पाल्पामा दैनिक १० लाख पर्यटक भित्र्याइने केवलकार प्रालिका प्रोपाइटर विकको धारणा छ  ।
 
एशियाकै ठूलो त्रिशूल, पाल्पाली करुवा र ढाका तथा नेपालको ताजमहल रानीघाटको  नामले पर्यटक पाल्पा आउने गरे पनि अब केवलकारबाट पर्यटकलाई आकर्षण गर्नु राम्रो भएको तिनाउका अध्यक्ष सारुको भनाइ छ । केवलकार सञ्चालनका लागि पाल्पा तथा रुपन्देही बुटवलका सरोकार पक्षको छलफलपछि अब छिट्टै शिलान्यास गरेर दुई वर्षभित्र काम सक्ने योजना छ ।