मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

डलर साट्ने बहानामा ठगी गर्ने तीन जना पक्राउ

डलर साट्ने बहानामा ठगी गर्ने तीन जना पक्राउ


काठमाडौँ । धेरै मूल्यमा डलर साट्ने भनी नक्कली नोट मिसाएर ठगी गर्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भई हाल काठमाडौँ नेपालटार बस्ने वर्ष ३३ का उमेश घिसिङ, सोही ठाउँका प्रेम घिसिङ र दानबहादुर घिसिङ रहेको प्रहरीले जनाएको छ । उनीहरु दाजुभाइ हुन् । 
 
उनीहरुले काठमाडौँको नयाँ बसपार्क, बालाजु, माछापोखरी, सामाखुशी र गौशाला क्षेत्रलाई मुख्य आधार बनाइ विदेशबाट फर्किएकालाई बढी मूल्य दिइ डलर सटही गर्ने बहानामा ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । 
 
डलरलगायत अन्य विदेशी रकम बढीमा साट्ने भनी सक्कली नोटभित्र नक्कली राखेर ठगी गरेको अनुसन्धानमा खुलेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनीहरु यसअघि पनि ठगी मुद्दामा जेल बसेर छुटेका हुन् । पक्राउ परेकाहरु ठगीसहित लुटपाट र चोरीमा समेत संलग्न भएको प्रहरीले जनाएको छ ।
 
यसैबीच, चैत २६ गते काठमाडौँको तिनकुनेमा रहेको एनसिसी बैंकको एटिएम मेसिन फोडी चोरी गर्ने प्रयास गरिरहेको अवस्थामा रामेछापका विशाल तामाङलाई महानगरीय प्रहरीवृत्त बानेश्वरबाट पक्राउ गरेको परिसरले आज एक विज्ञप्तिमार्फत जनाएको छ । 
 
उनीहरुका साथबाट  हतौडा, फलामको छिनो, मार्तोल बरामद गरिएको छ ।