मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

भट्टराइले बनाए एनआरएनए सदस्यता नामावली विवरण सहज

भट्टराइले बनाए एनआरएनए सदस्यता नामावली विवरण सहज


हिमालयखबर संबाददाता-
ड्यालस (टेक्सस)  ।  गैर अावासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सदस्यता नामावलीलाइ सहज रूपमा खोज्न सहज भएको छ । 
 
एनअारएनएको सचिवालयले सार्वजनिक गरेको सदस्यता नामावलीमा अाफ्नो नाम खोज्न झण्झट भएको, समय लागेको गुनासो व्यापक रूपमा बढेपछि ड्यालसका इन्जिनयर विजयराज भट्टराइले अाफ्नै पहलमा सहज रूपमा हेर्न सकिने बनाएका छन् । राज्य र सदस्यको नामको अल्फाबेट अनुसार नामावलीलाइ मिलाएको उनले जानकारी दिए ।
 
‘हुनत यो काम मैले एनअारएनए सचिवालयको अाग्रह भएर गरेको होइन । तरपनि सामाजीक सञ्जाल र सञ्चारमाध्यमहरूमा अाफ्नो नाम खोज्न सहज नभएको व्यापक गुनासो, अापत्ति देखेपछि केही गर्न मन लागेर नामावलीलाइ सहज रूपमा हेर्न मिल्ने ढाँचामा ढालेको हुँ,' उनले भने । 
 
सदस्यता नामावलीको फाइलको साइज निकै ठूलो भएको हुँदा तीन वटा पिडिएफ डकुमेण्टमा तयार गरिएको छ । उनले भने–‘सहज रुपमा सर्च गरेर ३० सॆकेण्ड भित्र खोजेको नाम भेट्टाउन सक्नु हुनेछ। यसबाट सम्पूर्ण एनआरएन शुभेच्छुकहरुलाई सहयोग पुग्नेछ भन्ने बिश्वास लिएको छु। यो डकुमेन्ट मैले निर्वाचन कमिटिले तयार पारेको लिष्ट बाटै सहजताको निमित्त तयार पारिएको भए पनि आधिकारिक होइन ।  कहिँ कतै नमिल्दो देखिए यसलाई आधार नबनाउन हुन् समेत अनुरोध गर्दछु।'
 
सचिवालयप्रति सदस्यहरूको अाक्रोश भैरहेको समयमा भट्टराइको यो कामले धेरैनै प्रशंसा पाउने देखिएको छ। भट्टराइले झण्डै तीनघण्टा लगाएर यो तयार पारेको पनि जानकारी दिए । फाइल नम्बर १ मा अलाबामादेखि केन्टकीसम्म, दोस्रोमा लुजियानादेखि विनकन्सिनसम्म छन् । तेस्रो फाइल भने सबैभन्दा बढी सदस्य रहेको न्यूयोर्क र टेक्सस राज्यको सदस्यहरूको नाम छन् । 
 
भट्टराइले तयार गरेको पिडिएफ नामावली फाइलमा कम्प्युटरको कन्ट्रोल एफ हानेपछि सर्चको अप्सन अाउँछ । त्यसमा अाफुले चाहेको नाम टाइप गरेर सर्च गर्न सकिन्छ ।
 
नामावली हेर्नको लागि तलको तीन वटा  पिडिएफ फाईलको लिंकमा  थिच्नुहोला